रुसले बनाएको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी, रुसी जनताले निःशुल्क पाउने

Nov 26, 2020 07:34 AM Merolagani

रुसमा बनेको कोरोना भ्याक्सिन स्पुतनिक–भी परीक्षणका क्रममा कोरोनाबाट लड्नका लागि ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । क्लिनिकल परीक्षणका क्रममा दोस्रो सुरुवाती विश्लेषणमा यो कुराको खुलासा भएको हो । 

पहिलो डोज दिइएको २८ दिनपछि उक्त भ्याक्सिनले ९१.४ प्रतिशत प्रभावकारीता देखाएको थियो । पहिलो डोज दिइएको ४२ दिनपछि यो प्रभावकारीता बढेर ९५ प्रतिशत पुगेको हो ।

भ्याक्सिन बनाउने ग्यामेलिया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एण्ड माइक्रो बायोलोजीले यो दाबी गरेको हो। भ्याक्सिनको डोज ३९ संक्रमितका अलावा १८ हजार ७९४ अरु बिरामीहरुलाई दिइएको थियो ।

रुसका नागरिकहरुलाई उक्त भ्याक्सिन निःशुल्क रुपमा प्राप्त हुनेछ । विश्वका अन्य देशका लागि यसको मूल्य करिब १० डलर पर्ने बताइएको छ । यो भ्याक्सिनको मूल्य अन्य भ्याक्सिनको तुलनामा २–३ गुणासम्म कम रहेको बताइएको छ ।

विदेशमा भ्याक्सिनको प्रोडक्सन र प्रमोशनको काम हेरिरहेका रशियन डाइरेक्टर इन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रिएभका अनुसार, स्पुतनिक–भी को सम्भावित मूल्य अरु भ्याक्सिनको तुलनामा अधिक कम रहेको छ ।

आरडीआईएफले अन्य देशका पार्टनहरुका साथ २०२१ मा ५० करोडभन्दा अधिक मानिसहरुका लागि भ्याक्सिन बनाउने सम्झौता गरेको छ ।

उक्त भ्याक्सिनको पहिलो वितरण आगामी वर्षको जनवरी महिनामा हुनेछ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।