महासंघको साधारण सभा रोकी पाँऊ भनी दायर भएको रिट सर्वोच्चद्वारा खारेज

Nov 26, 2020 04:11 PM Merolagani



नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभा रोकी पाँऊ भनी परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

रिट उपर एकल सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीले खारेज गरि दिएका हुन्।महासंघको साधारण सभा कानुन विपरीत भएको भन्दै रिट दायर भएको थियो। उक्त रिटमा भनिएजस्तो कानुन विपरीत नदेखिएको भन्दै रिट खारेज भएको महासंघका निर्बाचन अधिकृत लिलामणी पौडेलले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा अवैधानिक संज्ञा दिदैं  निर्वाचन रोक्न  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिव शंकर साहले मंगलबार सर्वोच्चमा रिट हालेका थिए। यस अघि उनले जिल्ला प्रशाशन कार्यालय निवेदन दिएका थिए। प्रशाशन कार्यालयले उनको निवेदन उपर कारबाही गर्दै मंगलबार नै महासंघलाइ संघ दर्ता लगायतका सबै कागज पत्र लिएर आउन भन्दै पत्र काटेको थियो। उक्त पत्रको जबाफ दिँदा दिँदै समय घर्किने भएपछि हतार हतार साह सर्वोच्च गएका थिए।

साहले दायर गरेको रिटमा महासंघ राष्ट्रिय निर्देशन एेन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा,निर्वाचन प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेलासम्मको काम गर्न तदर्थ समिति गठन गरी त्यसै समितिद्वारा निर्वाचन गर्नु पर्ने माग गरेका थिए।  




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।