बिहिबार १६१४ जना कोरोना संक्रमित थपिए, २३ जनाको ज्यान गयो

Nov 26, 2020 05:14 PM Merolagani



बिहिबार एक हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख २७ हजार ६४० पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु १६ हजार ७९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २३ जनाको ज्यान गएको छ । सो संख्यासँगै देशभरमा एक हजार ४१२ जनाले ज्यान गुमाइसकेका छन् ।

गत एक दिनमा कोरोनामुक्त हुने एक हजार ४३७ जना छन् । यसरी नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ९ हजार ४३५ रहेको छ । हाल क्वारेन्टिनमा ६८० जना छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।