बिहिबार १६१४ जना कोरोना संक्रमित थपिए, २३ जनाको ज्यान गयो

Nov 26, 2020 05:14 PM Merolagani



बिहिबार एक हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख २७ हजार ६४० पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु १६ हजार ७९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २३ जनाको ज्यान गएको छ । सो संख्यासँगै देशभरमा एक हजार ४१२ जनाले ज्यान गुमाइसकेका छन् ।

गत एक दिनमा कोरोनामुक्त हुने एक हजार ४३७ जना छन् । यसरी नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ९ हजार ४३५ रहेको छ । हाल क्वारेन्टिनमा ६८० जना छन् ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।