शुक्रबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, साताभर सुन प्रतितोला तीन हजार रुपैयाँले घट्यो

Nov 27, 2020 11:58 AM Merolagani



शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । यस दिन सुनको मूल्य तोलामा २०० रुपैयााले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य स्थिर रही प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । यस साताको सोमबारदेखि सुनको मूल्यमा गिरावट देखिएको छ । साताभर सुन प्रतितोला तीन हजार रुपैयाँले घटेको छ ।

यसैगरी शुक्रबार चाँदीको भाउमा पनि सामान्य गिरावट भएको छ । यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । यस सातामा चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।