शुक्रबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, साताभर सुन प्रतितोला तीन हजार रुपैयाँले घट्यो

Nov 27, 2020 11:58 AM Merolagani



शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । यस दिन सुनको मूल्य तोलामा २०० रुपैयााले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य स्थिर रही प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । यस साताको सोमबारदेखि सुनको मूल्यमा गिरावट देखिएको छ । साताभर सुन प्रतितोला तीन हजार रुपैयाँले घटेको छ ।

यसैगरी शुक्रबार चाँदीको भाउमा पनि सामान्य गिरावट भएको छ । यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । यस सातामा चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।