महासंघको निर्वाचन, कसरी गर्ने मतदान ? मत भारको आधारमा परिणाम, यसरी गरिन्छ मत भारको गणना ?

Nov 28, 2020 06:35 AM Merolagani



सुवास निरौला

शनिबार महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ। कोभिडको कारण तीन ठाउँमा निर्वाचन हुँदै छ।

शनिवार बिहान ८ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा बस्तुगत संघ समूहको छुट्टा छुट्टै रुपमा निर्वाचनको लागि मतदान हुने छ। कोभिडको सङ्क्रमण भएका भए त्यस्ता मतदातालाई प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै व्यवस्था गरिएको महासंघले जनाएको छ।

कति छन् मतदाता ?

बस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र अरू सबैले गरी कुल ९०४ मतदाताले एसोसिएटका तर्फबाट मत खसाल्ने निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए।

कसले कसलाई भोट हाल्ने ?

सबै मतदाताले वरिष्ठ उपाध्यक्षलाई भोट गर्न पाउँछन्। तर उपाध्यक्षहरूमा भने आफ्नो आफ्नो समूहकाले आफ्नो आफ्नो समूहकै उम्मेदवारलाई भोट हाल्नु पर्ने छ। जस्तै बस्तुगत समूहका १०१ मतदाताले बस्तुगत तर्फका उम्मेदवारलाइ नै भोट हाल्नु पर्ने छ। यसैगरी एसोसिएटकाले एसोसिएटका उम्मेदवार र जिल्ला नगरकाले जिल्ला नगरका उम्मेदवारलाइ मात्रै मत दिन पाउने पौडेलले बताए।

आफूलाई मन नपरेको उम्मेदवार लाई भोट नहाल्दा हुन्छ ?

अहहुँदैन आफ्नो समूहको सबै उम्मेदवारलाई भोट हाल्नै पर्छ। अन्यथा मत बदर हुन्छ। जिल्ला नगरका उम्मेदवारले १८ जानालाई मत हाल्नु पर्छ। तर आफूलाई मन परेको मात्रै हाल्छु भनेर १७ जनालाई मात्रै मत दिए त्यो सबैको मत बदर हुन्छ। त्यस कारण आफूलाई मन नपरेको भएको भएपनि मत बदर नहोस् भन्नको लागि सबैलाई भोट गर्नु पर्ने पौडेलले बताए।

मतदाताले बस्तुगत तर्फ १४ जना र एसोसिएट तर्फ १९ जानालाई अनिवार्य मतदान गर्नु पर्छ।

भनेको मतलब के यो प्यानल हो ?

निर्वाचन समितिले को कसको प्यानल भनेर चिन्दैन। उसले केबल उम्मेदवार मात्रै चिन्छ। तोकिएको उम्मेदबारका लागि मतदाताले भोट हाल्नै पर्ने नियम रहेको पौडेलको जिकिर छ।

मतपत्र कस्ता हुन्छन् ?

निर्वाचनका लागि पाँच रङ्गका मतपत्र तयार छन्। रातो, हरियो, निलो, पहेँलो सेतो हुनेछ। रातो चाहिँ वरिष्ठ उपाध्यक्षको लागि प्रयोग हुने छ भने वाकी अन्य उम्मेदबारहरुको लागि प्रयोग हुने पौडेलको भनाइ छ।

मत भार भनेको के हो ?

मत परिणामकोलागि मत भार विधि अपनाइन्छ। तर मत भार विधि वरिष्ठ उपाध्यक्षमा लागु हुँदैन। अन्य पदको लागि मात्रै हुन्छ।

मत भारको गणना कसरी गरिन्छ ?

कुनै एक समूहमा मानिलिऊ जिल्ला नगरमा १०५ एक मतदाता छन्। उनीहरू सबैले मत खसाले भने त्यसलाई शत प्रतिशत मानिन्छ। त्यही आधारमा उम्मेदवारले खसेको मतमा बढी प्रतिशत ल्याउनु पर्छ। तर यहा याद गर्नु पर्ने कुरा के छ भने १०५ मतदाता छन् तर ८० जनाले मात्रै मत खसालेमा त्यो खसेको मतलाई आधार मानेर मत भार गणना हुन्छ। अर्थात् खसेको ८० मतलाई नै एक सय प्रतिशत मानेर मत भार प्रतिशत गणना हुन्छ।

एसोसिएटमा ९०४ मतदाता छन्। उसको मत भार ३० प्रतिशत र बस्तुगतकाे २० प्रतिशत मत भार रहने पौडेलले जानकारी दिए।

यो निर्वाचनमा कति उम्मेदवार छन् ?

निर्वाचनमा विभिन्न पदकालागि १२७ जनाले उम्मेदवारी दिएका थिए। जसमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। वाकी १२३ जना उम्मेद्वार छन्। जसमा दुई जना निर्विरोध निर्वाचित भइसकेका छन्। अब बाकी एक सय २१ जनाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने पौडेलको भनाइ छ। जसमध्ये ७० जना निर्वाचित भएर आउने छन्।  




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।