बीमालेख धितोमा ४५ अर्ब बढी लगानी, एक अर्ब ३५ करोड आम्दानी

Nov 27, 2020 03:56 PM Merolagani

अरूण पाख्रेन

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ४५ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले सो बराबरको रकम बीमालेख धितोमा कर्जा प्रवाह गरेका हुन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १६ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । एलआईसी नेपालले १३ अर्ब ९ करोड ९६ लाख, नेशनल लाइफले ५ अर्ब ३६ करोड ४२ लाख,एशियन लाइफले २ अर्ब ७३ करोड ५४ लाख, प्राइम लाइफले १ अर्ब २८ करोड ३० लाख रुपैयाँ बीमालेख धितोमा ऋण परिचालन गरेका छन् ।

बाँकी कुनैपनि कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढी बीमालेख धितोमा कर्जा लगानी गरेको छैनन। मेट लाइफले ९९ करोड र सुर्या लाइफले ९५ करोड रुपैयाँ लगानी गरेका छन् भने सबै भन्दा कम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा कर्जा लगानी गरेको छ । रिलायवल नेपालले २ करोड रुपैयाँ लगानी गरेको हो । 

बीमालेख धितोबाट एक अर्ब ३५ करोड आम्दानी

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमालेख धितोबाट एक अर्ब ३५ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेका छन्।जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले ५२ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै एलआइसी नेपालले ४८ करोड ५६ लाख रुपैयाँ र नेशनल लाइफले १२ करोड ६ लाख, एशियन लाइफले ६ करोड १८ लाख,प्राइम लाइफले ३ करोड १३ लाख,राष्ट्रिय बीमा संस्थानले २ करोड ६२ लाख, मेट लाइफले २ करोड ४४ लाख, सुर्या लाइफले २ करोड २५ लाख, युनियन लाइफले २ करोड १० लाख र गुराँस लाइफले १ करोड ९० लाख रुपैयाँ बीमालेख धितोबाट व्याज आम्दानी गरेका हुन् ।

सबै भन्दा कम रिलायन्स लाइफले ३० हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ । यस्तै प्रभु लाइफले बीमालेख धितोमा ३४ लाख रुपैयाँ लगानी गरेको भएपछि अहिले सम्म व्याज आम्दानी भने गरेको छैन् । सानिमा लाइफले ४ करोड ८५ लाख रुपैयाँ बराबरको रकम बीमालेख धितोमा लगानी गरेको भएपनि आम्दानी भने गरेको छैन्।

बीमालेख धितो राखेर कर्जा कसरी लिने ?

बीमालेख धितोमा बीमा गरेको दुई वर्षपछि मात्रै ऋण लिन सकिने व्यवस्था छ । बीमालेख धितो अन्तर्गत समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिंदा दुईवर्ष पुरा भएको हुनुपर्दछ ।

तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिनेछ ।

यस शीर्षकमा बीमितले बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ती धितो नराखी ऋण प्राप्त गर्न सकिन्छ ।

बीमा कम्पनीबाट लिएको ऋण नतिरेसम्म बीमितलाई बीमा पोलिसी भने त्याग (सरेन्डर) गर्न छुट भने हुँदैन् । बीमा पोलिसी भने त्याग गर्नका लागि बीमा कम्पनीको लागि लिएको सम्पूर्ण कर्जा भुक्तानी हुनपर्छ ।

बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिन्छ । त्यस अनुसार बीमा कम्पनीलाई तिरेको बीमा शुल्कका आधारमा बीमितले कति बीमाशुल्क भुक्तानी गरेको छ सोही अनुसारको ऋण प्राप्त गर्न सकिने प्रावधान छ ।

यस्तो कर्जामा बीमा कम्पनीहरुले नै ब्याजदर निर्धारण गर्ने गरेको पाइन्छ । सामान्यतया ९ देखि १२ प्रतिशतसम्ममा कर्जा प्रवाह हुँदै आएको पाइन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।