संविधानले परिलक्षित गरेको स्वतन्त्र र स्वाधीन अर्थतन्त्र निर्माण गर्न आन्तरिक तथा वाह्य पुँजी परिचालन गर्नपर्ने भएकोले पुँजी वजारको स्वच्छ,प्रतिस्पर्धी र दिगो विकास आवश्कता रहेको देखिन्छ ।नेपालमा पुँजी बजारको विकास क्रमिक रुपमा अगाडि वढेको तथा वस्तु विनिमय वजार प्रारम्भिक चरणमा रहेकोले नीतिगत तथा संरचनागत परिवर्तन गरी वजारलाई थप स्वच्छ,प्रतिस्पर्धी तथा विश्वसनीय बनाउदै धितोपत्र वजार तथा वस्तु विनिमय वजारमा लगानीकर्ताको पहुँच अभिवृद्वि गर्नुपर्ने भएको छ ।सो अनुसार राष्ट्रिय पुँजी निर्माण हुने गरी पुँजी वजारको विकासमा योजना केन्द्रित रहेको देखिन्छ ।
अवसरको पाटोः-
राजनैतिक तथा नीतिगत स्थिरता र स्थायित्वको वातावरण,वास्तविक क्षेत्रका संगठित संस्थाको प्रवेशलाई प्रोत्साहित गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था रहेको देखिन्छ यसैगरी पुँजी वजारमा गैरआवासिय नेपालीहरुको आकर्षण बढ्दै गएको अवस्था पनि देखिन्छ ।धितोपत्र वजारमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढ्दै जानु र सूचिकृत कम्पनी तथा धितोपत्र व्यावसायिहरुको संख्यामा पनि उल्लेख्य वृद्वि हुनुका साथै प्राथमिक वजार देशव्यापी रुपमा विस्तार हुनु र स्वचालित कारोबार प्रणालीको विकास हुनुले पनि यस क्षेत्रमा अवसरका थुप्रै आशालाग्दा पाटाहरु देखिन्छन ।
छिचोल्नुपर्ने चुनौतिहरुः-
धितोपत्रको दोस्रो बजार देशव्यापी रुपमा विस्तार गर्नु,संस्थागत लगानीकर्ता भित्राउनु,धितोपत्र वजारलाई पारदर्शी,प्रतिस्पर्धी,स्वच्छ र विश्वसनीय बनाउनु,बण्ड,डिवेन्चर लगायत पुँजी वजारका उपकरणहरुको विस्तार गर्नु,उत्पादनमुलक र वास्तविक क्षेत्रलाई पुँजी वजारमा भित्राउनु,वैकल्पिक लगानी कोष को विकास गर्नु र वस्तु विनिमय वजारलाई स्थानीय वस्तुसँग आबद्व गराई देशको कृषि क्षेत्रको समेत स्तरोन्नति हुने गरी वजारको विकास गर्नु यस क्षेत्रको प्रमुख चुनौतिका रुपमा रहेका छन ।
प्रमुख समस्याहरुः-
धितोपत्रको प्राथमिक वजार विस्तार भए तापनि दोस्रो वजार विस्तार हुन नसक्नु,धितोपत्र वजारमा उत्पादनमुलक र वास्तविक क्षेत्रका संस्थाहरुको सहभागिता न्युन देखिनु ।गैरआवासिय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई धितोपत्र वजारमा आकर्षित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था नहुनु साथै धितोपत्र व्यावसायिमा व्यावसायिकता तथा प्रतिस्पर्धात्मक क्षमताको अभाव हुनु यति मात्रै नभएर संस्थागत सुशासनको अभ्यास पनि कमजोर देखिन्छ ।लगानीकर्ताहरुमा वित्तिय साक्षरताको एकदमै कमी देखिन्छ भने धितोपत्र सम्बन्धि उपकरणहरुको विविधिकरण हुन नसक्नु यसका साथै धितोपत्र कारोबारको लागत उच्च हुनु र दोस्रो वजारमा धितोपत्र वजारमा मुल्यमा अस्वभाविक र अत्यधिक र अत्याधिक उतार चढाव देखिनु यस क्षेत्रका प्रमुख समस्याका रुपमा रहेका देखिन्छन ।
अस्तिस्वको आधारः-
नेपालको धितोपत्र वजारलाई व्यवस्थित गर्न हाल प्रचलनमा रहेका कानुनी र संवैधानिक प्रावधानहरुः
धितोपत्र सम्बन्धि ऐन,२०६३,
वस्तु विनिमय सम्बन्धि ऐन,२०७४
धितोपत्रको केन्द्रिय निक्षेप सेवा नियमावली,२०६७
सामुहिक लगानी कोष नियमावली,२०६७
क्रेडिट रेटिङ नियमावली,२०६८ संचालनमा रहेका छन यसका साथै नेपालको संविधान २०७२ को राज्यका नीति निर्देशक सिद्धान्त अन्तगर्त धारा ५१ कझ खण्ड घ मा अर्थ उद्योग र वाणिज्य सम्बन्धी निति रहेको देखिन्छ जसले वस्तु तथा सेवा वजारलाई विविधिकरण र विस्तार गर्ने भनेर उल्लेख गरिएको देखिन्छ ।यसका साथै स्वदेशी लगानीलाई प्राथमिकता दिने र गैह्रआवासि नेपालीहरुको ज्ञान सिप प्रविधि र पुजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने भनीएको देखिन्छ ।
सुधारको लागिः-
धितोपत्र तथा वस्तु विनिमय वजारलाई स्वच्छ,प्रतिस्पर्धि र विश्वनसनिय वनाउनुका साथै यस क्षेत्रको दायरा अभिवृद्वि गर्दै जाने ।यसका लागि वजारको स्वस्थ विकासका लागि प्राथमिक निष्काशनमा अन्तराष्ट्रिय स्तरमा प्रचलित मुल्य निर्धारण निर्धारण प्रणाली र दोस्रो वजारको प्रणाली परिक्षण लगायतको व्यवस्था गर्नुपर्ने देखिन्छ ।धितोपत्र वजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्राउन आवश्यक प्रोत्साहन मुलक व्यवस्था गर्नुपर्ने ।नेपाली स्थानिय वस्तुको स्रोत समेत प्रवर्दन हुने गरी वस्तु विनिमय वजारको विकासमा जोड दिनुपर्ने ।सूचना प्रविधि लगायतका नवीनतम प्रविधिको उपयोग गरी धितोपत्र वजारलाई आधुनिकिकरण गर्नमा जोड दिनुपर्ने देखिन्छ ।
कानुनी,संस्थागत र संरचनागत सुधार गरी धितोपत्र तथा वस्तु विनिमय वजार संचालन तथा नियमन प्रणालीलाई अन्तराष्ट्रिय स्तरको बनाउनमा सबै क्षेत्र र निकायहरु लागि पर्नुपर्ने देखिन्छ ।जसको लागि धितोपत्र सम्बन्धि विद्यमान कानुनी व्यवस्थाहरुको पुनरावलोकन,ट्रष्ट ऐनको तर्जुमाका साथै बैकल्पिक लगानी कोषहरुको नियमन व्यवस्था सृदृढ गरिनुपर्ने ।नेपाल धितोपत्र वोर्डको क्षमता अभिवृद्वि गरी वजार नियमनलाई थप प्रभावकारी वनाउनुपर्ने ।पुँजी वजार सम्बन्धि अध्ययन,अनुसन्धान तथा प्रशिक्षणका लागि संस्थागत प्रवन्ध र स्रोत साधनको प्रबन्ध गर्दै लैजानुपर्ने ।
धितोपत्र वजारमा साना र स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताहरुको लगानी आकर्षण गर्ने नीति लिनुपर्ने देखिन्छ ।यसका लागि पुँजी वजार सम्बन्धि नियामक निकाय,सूचीकृत कम्पनी र धितोपत्र व्यावसायीहरुको सहकार्यमा पुँजी वजार तथा वस्तु विनिमय सम्बन्धि साक्षरता कार्यक्रममा जोड दिदै लैजानुपर्ने ।सबै स्थानिय तहमा प्राथमिक निस्कासनको पहुँच विस्तार गर्दै लैजानुपर्ने ।धितोपत्र वजारमा गैरआवासीय नेपाली तथा अन्तराष्ट्रिय वित्तिय संस्थाको सहभागिता गराउन आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने देखिन्छ यसका साथै धितोपत्र वजारमा लगानी तथा जोखिम न्युनीकरणका लागि आवश्यक वित्तीय उपकरणहरुको विकासमा समेत लगानी गर्दै आवश्यक प्रबन्धहरु गर्नपर्ने देखिन्छ ।
र अन्तमा हाल नेपालको धितोपत्र वजारमा सार्वजनिक लगानी गर्ने लगानीकर्ताहरु ४ प्रतिशतको हाराहारीमा मात्रै रहेको अवस्थामा यसलाई विस्तार गरी कम्तिमा पनि २० प्रतिशत पुर्याउन पर्ने ।नेपाल धितोपत्र वोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्वि गर्दै धितोपत्र तथा वस्तु विनिमय वजार सम्बन्धि कानुनी व्यवस्थालाई थप सौर्ढ गर्दै धितोपत्र कारोबार लागत कम गर्दै धितोपत्र वजारमा वास्तविक क्षेत्रको सूचिकृत कम्पनीहरुको संख्यामा वृद्वि गर्दै पुजीवजार सम्बन्धि साक्षरतालाई विद्यालय तहदेखि नै विस्तार गर्दै लगानी जोखिम न्युनिकरकणको लागि विभिन्न वित्तिय उपकरणहरुको व्यवस्था अवलम्बन गर्दै स्वतन्त्र मुल्य निर्धारण विधि लागु गर्दै धितोपत्र वजारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको प्रवेशमा जोड र पहल गर्न सकेमा मात्रै नेपालको पुजी बजारबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।
( लेखक सन्चार मन्त्रालयमा कार्यरत छन् )