बजारले नयाँ उचाई कायम गरे स्थायित्व ल्याउने चुनाैती, गहन अध्ययन र विष्लेषण गरेर मात्रै लगानी गर्न आग्रह

Nov 27, 2020 05:40 PM Merolagani



शेयर बजार बढेर उच्च विन्दुमा पुगेको अवस्थामा लगानीकर्ताहरुले कम्पनीको गहन अध्ययन र विष्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गरेका छन्। 

लगानीकर्ता संघहरुले शुक्रबार एक  विज्ञप्ति जारी गर्दै शेयर बजारले नयाँ उचाई कायम गरे संगै बजारलाई स्थायित्व ल्याउने चुनाैती र बढ्दो बजारमा लगानीकर्ताहरुको उत्सहजनक प्रवेशलाई निरन्तरता दिनु आवश्यक रहेको बताएका छन्।

लगानीकर्ताले आफुले लगानी गर्ने कम्पनीको विगतको इतिहास, संचालकहरुको सााजिक हैसियत, कम्पनीद्धारा वितरित लाभांश इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभुत कुराहरुको गहन अध्ययन र विष्लेषण गरी कम्पनीको शेयरमा लगानी गर्नुपर्ने कुरा लगानीकर्ताहरुले विर्सनु नहुने बताएका छन्।

त्यस्तै कारोबार गर्दा विज्ञको सल्लाहविना कसैको लहलहैमा लागेर विना अध्ययन लगानी गर्दा आफ्नो मेहनतको कमाइ नोक्सानी हुन सक्नेतर्फ संबेदनशिल हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

पूँजी बजार विकासमा नियामकले चालेका सकारात्मक कदमहरु, नट्सको सफल कार्यान्वयन, शेयर बजारकाे ब्याजदरमा कमी, देशको शोधानान्तर बचतमा बढोत्तरी, विप्रेषण आप्रवाहमा बृद्धि, अधिकांश बैंक तथा वित्तीय संस्थाको सन्तोषजनक पहिलो त्रैमासको वित्तीय विवरण, कोभिडको नकारात्मक असर कम हुनुको साथै खोपको सफल परिक्षण र नयाँ अर्थमन्त्री पुँजीबजार मैत्री हुने विश्वासले बजार अझै माथि जाने संकेत देखिएको संघहरुको भनाइ छ।

संघहरुले ५८ बुदे सुझावमा समेत समेटिएको ब्रोकर कमिसन समेत यथासक्य घटाउन आग्रह गरेका छन्।

  • यस्ताे छ पाँचवटा लगानीकर्ता संघले जारी गरेकाे संयुक्त प्रेस विज्ञप्तिः




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।