माछापुच्छ्रे बैंकले बोलायो स्थगित साधारणसभा, लाभांश पारित गर्ने प्रस्ताव

Nov 29, 2020 11:19 AM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको लाभांश पारित गर्न पुनः साधारणसभा आह्वान गरेको छ। बैंकले पुस २ गते होटल पोखरा ग्रान्ड पोखरामा विहान ११ बजे साधारणसभा आह्वान गरेको हो।

बैंकले यसअघि गत कार्तिक ६ गते साधारणसभा बोलाएकोमा कोरोना संक्रमण बढेको र चार्डपर्वकाे बेला परेको भन्दै उक्त सभा स्थगित गरेको थियो।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते शेयर दाखिल खारेजको दर्ता बन्द गरीसकेको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा सभामा सहभागि हुन पाउनेछन्।

भिडियो कन्फ्रेन्स मार्फत उपस्थित हुने शेयरधनीहरुलाई मिटिङ्ग आईडि र पासकोड उपलब्ध गराइने बैंकले बताएको छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।