उपकार लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

Apr 30, 2026 12:22 PM Merolagani



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्न लघुवित्तले साधारण सभा बोलाएको छ।

लघुवित्तले जेठ १० गते, आइतबार, होटल सेन्ट्रल प्लाजा, कोहलपुर, बाँकेमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हकप्रद शेयर निष्काशनको प्रस्तावका साथै अन्य लघुवित्त संस्थाहरुसँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट नियुक्ति भएका सञ्चालकको बाँकी कार्यकालको लागि अनुमोन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले बैशाख ३० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।