अभियान लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

Jul 03, 2026 10:05 AM Merolagani



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३० गते, मंगलबार, ताम्राकार पार्टी भेन्यु, पनौती, काभ्रेपलाञ्चोकमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।