अमेरिकामा एकैदिन थपिए हालसम्मकै धेरै कोरोना संक्रमित, व्रिटेनमा लकडाउनपछि संक्रमितको संख्या ३० प्रतिशत घट्यो

Nov 30, 2020 01:43 PM Merolagani

विश्वभरमा कोरोनाको त्रास बढ्दो क्रममा रहेको छ । अमेरिकामा कोरोनाका कारण स्थिति गम्भीर बनिरहेको छ । अमेरिकामा एकैदिन २ लाख कोरोना संक्रमित थपिएका छन् । यो अमेरिकामा कोरोना संक्रमण देखिएपछिको एकैदिनमा देखिएको हालसम्मै धेरै कोरोना संक्रमित संख्या हो । 

हालसम्मकै धेरै कोरोना संक्रमित थपिएसँगै अमेरिकामा त्रासको अवस्था सिर्जना भएको छ । यसै सन्दर्भमा अमेरिकाको नेशनल इंस्टीट्यूट अफ एलर्जी एण्ड इन्फेक्शियस डिजीजका डाइरेक्टर डा.एन्थनी फोसीले एकपछि अर्काे लगातार कोरोनाको दोस्रो लहर आउने चेतावनी दिएका छन् । उनले अझै पनि ढिला नभएको भन्दै सबैलाई मास्क लगाउन, ठूलो समूहमा नबस्न र सामाजिक दूरी कायम राख्नका लागि आग्रह समेत गरेका छन् ।

विश्वमा हालसम्म ६ करोड ३० लाख भन्दा अधिक कोरोना संक्रमणका घटना सार्वजनिक भइसकेका छन् । तीमध्ये ४ करोड ३५ लाखभन्दा धेरै मानिसहरु ठीक भइसकेका छन् भने १४ लाख ६५ हजारभन्दा धेरै मानिसहरुले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

व्रिटेनमा कोरोना संक्रमणमा ३० प्रतिशत कमी
यसैबीच व्रिटेनमा महिनाभरको लकडाउनबाट कोरोना संक्रमणको मामलामा ३० प्रतिशत कमी देखिएको बताइएको छ । 

करिब एक लाख जना स्वयमसेवकहरुमा गरिएको अध्ययनबाट यो तथ्यांक सार्वजनिक भएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै व्रिटेनमा ५ नोभेम्बरमा दोस्रो लकडाउन लगाइएको थियो । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।