सोमबार काठमाडौं उपत्यकाका ८०९ जनासहित १४७४ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको निधन

Nov 30, 2020 05:50 PM Merolagani



सोमबार एक हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये ८०९ जना काठमाडौं उपत्यकाका छन् । तीमध्ये काठमाडौंका ६१५ जना , ललितपुरका १२५ जना र भक्तपुरका ६९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा २९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कुल एक हजार ५०८ जनाको मृत्यु भइसकेको छ ।

गत एक दिनमा कोभिड १९ निको हुने एक हजार ९३१ जना छन् । सो संख्यासँगै नेपालमा संक्रमण जित्नेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । हाल क्वारेन्टिनमा ५३५ जना र आइसोलेसनमा १७ हजार ४२३ जना छन् । २४ घण्टामा ९ हजार ९११ पीसीआर परीक्षण भएको छ भने १७ लाख ३७ हजार ७४७ परीक्षण भइसकेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।