एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Dec 01, 2020 07:45 AM Merolagani

एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईका लागि आवेदन दिने आज (मंसिर १६ गते) अन्तिम दिन रहेको छ। फण्डले मंसिर १२ गते शुक्रबारदेखि इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुल्ला गरेको हो। यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई एक करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउनेछन्।

यो एक खुलामुखी योजना हो। यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाई सम्म आबेदन दिन सकिनेछ।

इक्रा नेपालले योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग दिएको छ। यस्तै प्रबर्द्धकलाई इक्रा नेपालले इक्राएनपी–बीबीबी प्लस रेटिङ्ग दिएको छ। यसले मध्यम जोखिम रहेको जनाउछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।