एक सातामा १६ अर्बले बढ्यो बैंकहरुको कर्जा लगानी, निक्षेपमा पनि बृद्धि

Dec 01, 2020 11:31 AM Merolagani



गत एक सातामा वाणिज्य बैंकको कर्जा लगानी १६ अर्ब रुपैयाँले बढेको छ। लकडाउनका कारण खासै बढ्न नसकेको कर्जा लगानी पछिल्लो समय बढ्न थालेको छ। 

मंसिर पहिलो साता कर्जा लगानी केहि घटेको भए पनि दोस्रो साता १६ अर्ब रुपैयाँले बढेको छ। अहिले बैंकहरुमा कर्जाको माग बढेको बैंकरहरु बताउछन्।

कर्जा लगानी मात्रै होइन निक्षेप संकलन पनि बढ्दो क्रममा छ। गत एक सातामा मात्रै वाणिज्य बैंकहरुले १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। मंसिर लागेदेखि बैंकहरुले २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकर्स एशोशियसनको तथ्याँकले देखाउछ।

मंसिर १२ गतेसम्म्मा बैंकहरुले ३६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ६६ अर्ब रुपैयाँ कजार्म लगानी गरेका छन्। कार्तिक अन्तिमसम्ममा बैंकहरुको निक्षेप संकलन ३६ खर्ब ४८ अर्ब र कर्जा लगानी ३० खर्ब ५२ अर्ब रुपैयाँ थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।