माउन्टेन इनर्जीको आईपीओ बुधबार १० बजे बाँडफाँड हुने, करिब ७२ प्रतिशतले नपाउने

Dec 01, 2020 01:42 PM Merolagani



माउन्टेन इनर्जी (MENL) ले बिक्रीमा ल्याएको आईपीओ भोलि बुधबार १० बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको उक्त जानकारी दिएको हो ।

कम्पनीले आइतबार प्रि अलटमेन्ट सकाएर बुधबार बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो । 

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । यो मागभन्दा ७. ६१ गुणा धेरै हो ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउनेछन् । यस अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना अर्थात करिब ७२ प्रतिशत आबेदकको हात खाली हुनेछ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।