भारतीय शेयर बजारमा रेकर्ड नै रेकर्डः बजार परिसूचक हालसम्मकै उच्च बिन्दुमा, पूँजीकरण १७६ लाख करोड नाघ्यो

Dec 01, 2020 06:59 PM Merolagani



बलियो घरेलु संकेत र अन्य एशियाली शेयरमा तीव्र वृद्धिसँगै भारतीय शेयर बजारमा पनि शानदार बढोत्तरी देखिएको छ । योसँगै मंगलबार भारतीय शेयर बजारमा तीन नयाँ रेकर्ड कायम भएको छ । 

यसदिन सेन्सेक्स ५०५.७२ अंकले बढेर ४४ हजार ६५५.४४ बिन्दुमा पुगेर बन्द भयो । सेन्सेक्स पहिलोपटक यो स्तरमा पुगेर बन्द भएको हो । योभन्दा पहिले २६ नोभेम्बरमा सेन्सेक्स इन्डेक्स ४४ हजार २५९.७४ को बिन्दुमा पुगेर बन्द भएको थियो ।

यसदिन निफ्टी इन्डेक्स पनि १४०.१० अंकले बढेर पहिलोपटक १३ हजार १०९.०५ को रेकर्ड स्तरमा पुगेर बन्द भयो । कारोबारका क्रममा इन्डेक्सले १३ हजार १२८.४० को बिन्दु छोएको थियो । यद्यपी इन्डेक्सको सर्वाेच्च स्तर २५ नोभेम्बरमा बनेको थियो, जब इन्डेक्स १३ हजार १४५.८५ बिन्दुमा पुगेको थियो ।

बजार पूँजीकरण हालसम्मकै उच्च
बजार तीव्र रुपमा बढेसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ । यसदिन बजार पूँजीकरण १७६.२६ लाख करोड भारतीय रुपैयाँ (रुपए) पुगेको छ। ३० अक्टोबरमा बजार पूँजीकरण १५७.९० लाख करोड रुपए पुगेको थियो। अर्थात् बजार पूँजीकरण १८.३६ लाख करोड रुपएले बढेको छ । एजेन्सी 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।