भारतीय शेयर बजारमा रेकर्ड नै रेकर्डः बजार परिसूचक हालसम्मकै उच्च बिन्दुमा, पूँजीकरण १७६ लाख करोड नाघ्यो

Dec 01, 2020 06:59 PM Merolagani



बलियो घरेलु संकेत र अन्य एशियाली शेयरमा तीव्र वृद्धिसँगै भारतीय शेयर बजारमा पनि शानदार बढोत्तरी देखिएको छ । योसँगै मंगलबार भारतीय शेयर बजारमा तीन नयाँ रेकर्ड कायम भएको छ । 

यसदिन सेन्सेक्स ५०५.७२ अंकले बढेर ४४ हजार ६५५.४४ बिन्दुमा पुगेर बन्द भयो । सेन्सेक्स पहिलोपटक यो स्तरमा पुगेर बन्द भएको हो । योभन्दा पहिले २६ नोभेम्बरमा सेन्सेक्स इन्डेक्स ४४ हजार २५९.७४ को बिन्दुमा पुगेर बन्द भएको थियो ।

यसदिन निफ्टी इन्डेक्स पनि १४०.१० अंकले बढेर पहिलोपटक १३ हजार १०९.०५ को रेकर्ड स्तरमा पुगेर बन्द भयो । कारोबारका क्रममा इन्डेक्सले १३ हजार १२८.४० को बिन्दु छोएको थियो । यद्यपी इन्डेक्सको सर्वाेच्च स्तर २५ नोभेम्बरमा बनेको थियो, जब इन्डेक्स १३ हजार १४५.८५ बिन्दुमा पुगेको थियो ।

बजार पूँजीकरण हालसम्मकै उच्च
बजार तीव्र रुपमा बढेसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ । यसदिन बजार पूँजीकरण १७६.२६ लाख करोड भारतीय रुपैयाँ (रुपए) पुगेको छ। ३० अक्टोबरमा बजार पूँजीकरण १५७.९० लाख करोड रुपए पुगेको थियो। अर्थात् बजार पूँजीकरण १८.३६ लाख करोड रुपएले बढेको छ । एजेन्सी 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।