सिद्धार्थ बैंकको लाभांस घोषणा

Dec 04, 2020 09:07 PM Merolagani



सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए  पछि शेयरधनीले पाउनेछन्।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।