आईफोन १३ मा के के हुनेछन् नयाँ फिचर ?

Dec 21, 2020 04:33 PM Merolagani



एप्पलले अघिल्लो वर्ष आईफोन १२ सिरिजका आईफोन १२,आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सार्वजनिक गरिसकेको छ । जसमध्ये आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स लाइडर सेन्सर्स सहित आएका हुन् । तर २०२१ मा लन्च गरिने आईफोन १३ सिरिजमा ती परिवर्तन हुने संभावना छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार अन्य आईफोन १२ का सिरिज बिपरित आईफोन १३ मा लाइडर सेन्सर्स हुने आशा गरिएको छ । आईफोन १३ को सिरिजमा डाइरेक्ट टाईम अफ फ्लाइट डिटुएफ प्रविधि हुनेछ । यो सेन्सरहरु अमेरिकास्थित टु सिक्स ( II-VI) नामक कम्पनीबाट वितरण हुनेछ भने आउँदा नयाँ मोडलको आईफोनका लागि यो एप्पलको आपूर्ति चेनमा प्रवेश गर्नेछ । रिपोर्टका अनुसार फर्मले भिसिएसईएल (VCSEL) चिप्स उत्पादन गर्नेछ जुन एप्पलकोलागि टिओएफ लिडार सेन्सर्समा प्रयोग हुनेछ ।

यसैगरी आईफोन १३ को क्यामरा सेटअप केहि भिन्न हुनेछ । यसमा २०२० का सिरिजभन्दा धेरै प्वालहरु हुने बताइएको छ । यद्यपी लेन्सहरुको संख्यामा भने कुनै परिवर्तन हुने छैन । तर सेन्सर्सको संख्या भने वृद्धि हुनेछ । समग्रमा आईफोन १३ परिस्कृत थ्रिडि सेन्सिंग मोड्युलको साथमा आउनेछ ।

एप्पलले फ्रन्ट क्यामेरा सेटअपमा भिसिएसईएल चिपलाई व्यवस्थित गरी राख्नेछ । त्यस्तै फोनको थ्रिडि सेन्सिंग क्षमता पनि सुधार हुन सक्नेछ जसमा स्ट्रकचर्ड लाइट थ्री सेन्सिंगमा मोड्युलको आवाजको मात्रा कम हुनेछ ।

आईफोनको १३ सिरिजमा वाईफाई ६ ई हुने कुरा पनि उल्लेख गरिएको छ । त्यसमा वाईफाई ६ को सुविधा र कार्यहरु मात्र नभई ६ गिगाहर्ज फ्रिक्वेन्सी ब्राण्डसम्म विस्तार गरिनेछ । यसले वाईफाई ६ ई भएका सक्षम उपकरणहरुमा कम हस्तक्षेपका साथ उच्च व्याण्डविथ प्रदान गर्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।