आशा लघुवित्त र सिनर्जी पावरको मूल्य समायोजन

Dec 27, 2020 08:03 AM Merolagani



पुस १२ गते, आइतबार, नेपार स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।

दुबै कम्पनीहरुको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले आशा लघुवित्त (ALBSL) को १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सिनर्जी पावरको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजन पश्चात आशा लघुवित्तको शेयरमूल्य ८७० रुपैयाँ कायम भएको छ। त्यसैगरी, बोनस समायोजपछि सिनर्जी (SPDL) को शेयरमूल्य २०७ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा यी दुबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार दोस्रो बजारमा आशा लघुवित्तको शेयर प्रतिकित्ता १००० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सिनर्जीको २१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा चौथो वार्षिक साधारण सभा डाकेको छ भने सिनर्जीले पुस २२ गते आफ्नो रजिष्टर्ड कार्यालय, नक्सालमा १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।