शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २०७ जना

Jan 08, 2021 05:36 PM Merolagani



शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा भएको पाँच हजार २६९ पीसीआर परीक्षणमा सो पुष्टि भएको हो । अघिल्लाे दिन देशमा ४१२ जना काेराेना संक्रमित थपिएका थिए । साे तुलनामा एकैदिन संक्रमितकाे संख्यामा १४२ जनाले बढेकाे छ । 

शुक्रबार थपिएका संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या पाँच हजार २१ रहेको छ । २४ घण्टामा ५८५ जना कोरोनामुक्त भएका छन् र ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको कुल संख्या एक हजार ९०९ पुगेको छ भने दुई लाख ५७ हजार २२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा २०७ जना संक्रमित थपिएका छन् जसमा काठमाडौंका १७१, ललितपुरका २३ जना र भक्तपुरका १३ जना रहेका छन् ।

हालसम्म देशभरमा कुल दुई लाख ६४ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।यस्तै देशमा अहिले क्वारेन्टिनमा ३३८ जना र होम आइसोलेसनमा एक हजार ५६१ जना छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।