शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २०७ जना

Jan 08, 2021 05:36 PM Merolagani



शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा भएको पाँच हजार २६९ पीसीआर परीक्षणमा सो पुष्टि भएको हो । अघिल्लाे दिन देशमा ४१२ जना काेराेना संक्रमित थपिएका थिए । साे तुलनामा एकैदिन संक्रमितकाे संख्यामा १४२ जनाले बढेकाे छ । 

शुक्रबार थपिएका संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या पाँच हजार २१ रहेको छ । २४ घण्टामा ५८५ जना कोरोनामुक्त भएका छन् र ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको कुल संख्या एक हजार ९०९ पुगेको छ भने दुई लाख ५७ हजार २२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा २०७ जना संक्रमित थपिएका छन् जसमा काठमाडौंका १७१, ललितपुरका २३ जना र भक्तपुरका १३ जना रहेका छन् ।

हालसम्म देशभरमा कुल दुई लाख ६४ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।यस्तै देशमा अहिले क्वारेन्टिनमा ३३८ जना र होम आइसोलेसनमा एक हजार ५६१ जना छन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।