बिटक्वाइनको मूल्य २१ दिनमा २ गुणा बढ्यो, सबैभन्दा ठूलो बबल हुनसक्ने चेतावनी

Jan 10, 2021 02:53 PM Merolagani



बिटक्वाइनको मूल्य तीव्र रुपमा बढिरहेका बेला बैंक अफ अमेरिकाको सेक्यूरिटीले यो हालसम्मको सबैभन्दा ठूलो बबल हुनसक्ने भन्दै चेतावनी दिएको छ । 

करिब २१ दिनमा नै विश्वको सबैभन्दा चर्चित क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइनको मूल्य दुई गुणा भन्दा धेरैले बढिसेको छ। पछिल्लो कारोबारका क्रममा यसले ४१ हजार ९४६.७४ डलर पुगेर सबैभन्दा माथिल्लो रेकर्ड स्तर छोएको छ । १७ डिसेम्बरमा पहिलो पटक बिटक्वाइनको मूल्यले २० हजार डलरको लेभल पार गरेको थियो । 

बैंक अफ अमेरिका सेक्यूरिटीका चीफ इन्भेष्टमेन्ट स्ट्राटेजिस्ट माइकल हर्टनेटका अनुसार, बिटक्वाइनमा तीव्रताको मुख्य कारण सट्टेबाजी हुनसक्छ । 

उनले भने, यो मदर अफ अल बबल प्रमाणित हुनसक्छ । योभन्दा पहिले पनि कयौँ पटक विश्वका कतिपय भागमा कयौँ सम्पत्तिहरुको मूल्य छोटो समयमा नै अत्याधिक रुपमा बढोत्तरी भइसकेको छ। तर त्यसको केही दिनपछि नै तिनीहरुको मूल्य पनि सोही दरमा तल झरेको पाइन्छ । 

सन् १९९० को दशकको बुल मार्केटमा अमेरिकामा इन्टरनेट कम्पनीमा उच्च लगानी भएको थियो । जसका कारण ती कम्पनीहरुको शेयर मूल्यमा अत्याधिक वृद्धि भएको थियो । 

१९९५ देखि २००० को बीचमा प्रविधि कम्पनीहरुको वर्चस्व रहेको नास्डाक इन्डेक्स एक हजार बाट ५ हजार पुगेको थियो । यसलाई डटकम बबल अर्थात् इन्टरनेट बबल भनिएको थियो । १० मार्च २००० मा नास्डाक ५ हजार ४८.६२ को बिन्दुमा थियो । बबल फुटेपछि ४ अक्टोबर २००२ मा उक्त इन्डेक्स एक हजार १३९.९० को बिन्दुमा झरेको थियो । 

अमेरिकामा सन् २००० पछि सन् २००८ मा हाउजिङ बबल फुटेको थियो । यसको असर पूरै विश्वमा र सबै क्षेत्रमा परेको थियो । शेयर बजारमा भारी गिरावट आएको थियो । 

बिटक्वाइनको बबल सन् २०१७ मा एकपटक फुटिसकेको छ । १२ नोभेम्बरमा ६ हजार २०० डलरमा कारोबार गरिरहेको बिटक्वाइन केबल एक महिनामा १७ डिसेम्बर २०१७ मा १८ हजार ४४२ डलरमा पुगेको थियो। तर त्यसको डेढ महिनामा अर्थात् ६ फेब्रुअरी २०१८ मा उच्च रुपमा घटेर ६ हजार १६२ मा झरेको थियो । एजेन्सीको सहयोगमा 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।