राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

Jan 10, 2021 03:28 PM Merolagani



राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा  पुष २६ गते आइतबारको राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

आज बिहानै बसेकाे मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको चालू अधिबेसन अन्त्य  सिफारिस गरेको थियो ।

राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सकिएपछि अधिवेशन  अन्त्य गरिएको हो ।

 




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।