उपत्यकाका १२६ जनासहित देशभरमा थपिए २५९ काेराेना संक्रमित, पाँच जनाकाे निधन

Jan 10, 2021 05:20 PM Merolagani



साताको पहिलो दिन २५९ कोरोना संक्रमित थपिएका छन् भने पाँच जनाको निधन भएको छ । नेपालमा हालसम्म दुई लाख ६४ हजार ७८० जनामा संक्रमण पुष्टि भएको छ । देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार ९१७ पुगेको छ ।

विगत २४ घण्टामा देशमा भएको तीन हजार ३९९ नमुना परीक्षण भएको छ जसमा काठमाडौंका ९९ जना, ललितपुरका १८ जना र भक्तपुरका ९ जना गरी उपत्यकामा कुल १२६ जना संक्रमित थपिएका छन् । यसरी अहिलेसम्म कुल १९ लाख ८२ हजार २४६ पीसीआर परीक्षण भइसकेको छ ।

एक दिनमा कोरोना मुक्त हुने ५१३ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५८ हजार ४४१ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मुलुकमा अहिले चार हजार ४२२ जना सक्रिय संक्रमित छन् ।

हाल देशमा २५७ जना क्वारेन्टिनमा छन् भने संस्थागत आइसोलेसनमा तीन हजार २४३ जना र होम आइसोलेसनमा एक हजार १७९ जना रहेका छन् ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।