कोरोना भाइरसको खोप छिटो भन्दा छिटो ल्याइने

Jan 11, 2021 05:43 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप छिटोभन्दा छिटो ल्याउने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भारत, रुस र यूएईका राजदूतहरुसँग खोप भित्र्याउनकालागि पहल गरिरहेको बताए ।

खोपको पहिलो डोज स्वास्थ्यकर्मीलाई लगाइने छ भने त्यसपछिको प्राथमिकता ५५ वर्ष माथिका व्यक्ति तथा रोगीहरुलाई दिइने बताइएको छ ।

मन्त्री त्रिपाठीले देशभरमा १६ हजार खोप केन्द्र संचालन हुने तथा पाँच हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटाइने जानकारी पनि दिए । उनका अनुसार खोपको परिचालन पारदर्शी हुनेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।