चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Jan 12, 2021 07:48 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन हो। कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओमा १५ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार सोमबार साढे ४ बजे सम्ममा २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता अर्थात २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १५.०८ गुणा बढी हो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।