डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

Jan 12, 2021 11:41 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । गत हप्ता क्यापिटल हिलमा भएको हिंसामा राष्ट्रपति ट्रम्पको भुमिकालाई लिएर डेमोक्रेटिक पार्टीले उनका विरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । 

 ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ र अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ ।

सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्रेटिक पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइट हाउसबाट निकाल्न चाहेका छन् ।

महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ । 

महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बताइएको छ ।

सुरुमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार अमेरिकी संविधानको धारा २५ प्रयोग गरेर उपराष्ट्रपति माइक पेन्स र मन्त्रिमण्डलका सदस्यहरुलाई ट्रम्पलाई हटाउन माग गरेका थिए। डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार फेरि ट्रम्पलाई हटाउने कोसिस गरेका हुन् ।

महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाई बहुमत चाहिन्छ । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पास हुनेमा डेमोक्रेटिक पार्टीका सांसदहरु नै विश्वस्त नरहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् । एजेन्सी 




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।