नेटटीभीले सार्वजनिक गर्याे 'नेटटीभी सिनेप्लस'

Jan 12, 2021 03:23 PM Merolagani



आइपिटीभी सेवा प्रदायक नेटटीभीले 'नेटटीभी सिनेप्लस' सार्वजनिक गरेकाे छ।अन्तरर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्तर्गत प्रशारण गर्दैछ । 

नेटटीभी प्राइम प्याकेजसँगै नेटटीभी सिनेप्लस वर्ग अन्तर्गत तीन हजार भन्दा बढी चलचित्र सामग्री, वेभ श्रृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकहरुलाई कुनै अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । 

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि तिन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय वेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेज अन्तर्गत वल्र्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेटबाट उपयोग गर्न सक्ने गरी नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात पनि गरिएकाे छ। 

नेटटीभीले हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहकाे प्याकेज प्रति महिना ९९ रुपैयाँमा लिन सक्ने व्यवस्था गरेकाे छ । सन् २०२० को अगष्टमा प्राइम प्याकेज अन्तर्गत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट टप बक्स भएका ग्राहकले लिन सक्छन् ।

नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।