एउटा कम्पनी जसकाे शेयरले युवालाई धनी बनायो

Jan 13, 2021 02:56 PM Merolagani

सुधा देवकाेटा

लामो समयसम्म लगातार शेयर बजारमा भएको गिरावटले लगानीकर्तामा वितृष्णा बनाएको समयमा निष्काशन भएको एक कम्पनीको शेयरले धेरैलाई धनी बनाएको छ। त्यस कम्पनीमा लगानी गर्ने लगानीकर्ता अहिले छोटो समयमा नै धनी बन्न पुगेका छन्।

विश्व नै आंतकित पार्ने गरि फैलिएको कोरोना भाइरसले त्रसित भएको अवस्थामा गत चैत्र महिनामा निष्काशन भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर दोस्रो बजारमा सबै लगानीकर्ताहरुको रोजाईमा परेको छ।

शेयर बजार एउटा जुवा घर हो र बजारबाट गुमाइन्छ मात्र भन्ने कतियप मानिसको सोचलाई नेपाल पुनर्बीमा कम्पनीको आईपिओले गलत साबित गराएको छ। बजारमा लगानी गर्न त्यति इच्छा नदेखाउने लगानीकर्ताहरुले समेत यस कम्पनीमा लगानी गरेर साच्चिकै राम्रो आम्दानी गर्ने गरेको बताउन थालेका छन्।

शेयर बजारको विषयमा सामान्य जानकारी समेत नभएका कैलालीका शेषराज देवकोटाले साथीले पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न भनेपछि ५ हजार रुपैयाँको आईपिओ खरिद गर्न आवेदन दिएकाे बताउँछन्।

साथीको लहलहैमा लागेर उक्त कम्पनीको ४० कित्ताको शेयरधनी बनेका देवकोटा शेयर बाँडफाँड भएको तीन/चार महिनासम्म आफूलाई कति शेयर पर्यो भन्ने बारेमा जानकार थिएनन्।

अहिले आफूले गरेको ४ हजार लगानी ५० देखि ६० हजारसम्म पुगेको छ भन्दा अचम्मित परेका छन्। वैदेशिक रोजगारीमा जानको लागि कोरियन भाषा सिक्ने र सिकाउने काम गर्दै आएका देवकोटा अब विदेश नगएर विस्तारै नेपाली शेयर बजार लगानी गर्ने सोच बनाउदै गरेको सुनाउँछन्।
बजारमा धेरथोर लगानी गर्ने हो भने पैसाको आवश्यकता नहुने रहेछ भन्ने उनको बुझाई छ। जसकारण उनले विस्तारै आफ्नो क्षमता अनुसार बजारमा लगानी बढाउदै जाने सोच गराएका छन्।

शेयर बजारमा नव प्रवेशी युवा लगानीकर्ताका रुपमा भित्रिएकी शुभेच्छा पौडेल पनि पुनर्बीमा कम्पनीको शेयरमा नै आईपिओ खरिद गरेको र दोस्रो बजारमा बिक्री गरेको पहिलो अनुभव रहेको बताउँछिन्। त्यसभन्दा पहिले बुबा आमाले शेयरमा लगानी गरिदिने गरेको भएपनि आफूलाई शेयरमा लगानी गरेर आम्दानी गर्न सकिन्छ भन्ने बारेमा जानकारी नभएको पौडेल बताउँछिन्।

पुनर्बीमा कम्पनीको शेयर पहिलो पटक दोस्रो बजारमा बिक्री गरेर त्यसबाट प्राप्त भएको मूल्यमा रकम थप गरी अहिले आफ्नो क्षमता अनुसार नियमित कारोबार गर्दै आएकी छिन्। अहिले उनलाई शेयर बजारमा लगानी गरेर आफ्नो सानोतिनो खर्चको लागि बुबा आमासँग पैसा माग्नु नपरेकोमा गर्व लाग्ने गरेको छ। पौडेलले अहिले आफ्ना साथीभाईहरुलाई पनि शेयर बजारमा लगानी गर्नको लागि सुझाव दिने गरेकी छिन्।

गोर्खा जिल्ला स्थायी घर भई काठमाडौं पढ्न बसेका विद्यार्थी सन्तोष बञ्जरा शेयर बजारमा लगानी गरेर आम्दानी गर्न सकिन्छ भन्ने जान्दा जान्दै पनि लगानी गर्ने सोच बनाउन सकिरहेका थिएनन्।

शेयर बजारमा लगानी गरेर आम्दानी हुन्छ भन्ने पहिले देखि थाहा भएको भएपनि बजारमा निरन्तर गिरावट आएको सुचना हेर्दा बजारमा लगानी गर्नको त्रास बढेको तर बलियो पूँजी सहितको नेपालको एक मात्र पुनर्बीमा कम्पनीले निष्काशन गरेको शेयरमा लगानी गर्ने सोच बनाएको बञ्जरा बताउँछन्।

बञ्जराले भने, “पछिल्लो समय यस कम्पनीको शेयर मूल्य दिनप्रति दिन बढ्दै गएपछि शेयरमा लगानी गर्नु राम्रो हुने रहेछ भनेर अहिले आफ्नो बुबा आमाको नाममा पनि डिम्याट खाता खोलेर कम्पनीहरुले निष्काशन गरेको आईपिओ खरिद गर्न थालेको छु”।

यसरी बजारमा निरन्तर गिरावट आउँदा हौसला गुमाउदै गएका लगानीकर्ताको थोरै भएपनि सान्त्वना नेपाल पुनर्बीमा कम्पनीमार्फत मिलेको यस्तै कयौँ लगानीकर्ताहरुले बताउने गरेका छन्।

सामान्यतया बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न रुचाउनेहरु पछिल्लो समय शेयर बजारमा लगानी बढाउन थालेको पाईन्छ।

पुनर्बीमा कम्पनीको शेयरले नेपालको शेयर बजारमा लगानीका लागि आकर्षित गरेको र विशेषगरी युवा वर्गहरु यसमा मार्फत् शेयर बजारमा लगानी गर्न प्रोत्साहित भएको लगानीकर्ताहरुको भनाई छ 

नेपाल पुनर्बीमा कम्पनीले चैत्र ४ गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुलला गरेको थियो। कम्पनीको ५० कित्तादेखि दश हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६ सय ४८ जनाले ४० कित्ता शेयर पाए भने सोहि अनुपातमा आवेदन गर्नेमध्ये ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता शेयर प्राप्त गरेका थिए। 

बुधबारको दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर एक हजार ५ सय भन्दा माथि कारोबार भइरहेकाे छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।