टी प्लस टु लागु गर्ने मिति तोक्नु अघि सिडिएससीले शुक्रवार ब्रोकरसँग छलफल गर्दै

Jan 12, 2021 06:13 PM Merolagani



केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि)ले टी प्लस कार्यान्वयन गर्न शुक्रवार ब्रोकरसँग छलफल गर्ने भएको छ। ब्रोकरसँगको छलफलपछि  सिडिएसिले मिति तोक्ने जनाएको छ।

"टी प्लस टु लागु गर्नु पूर्व शुक्रवार ब्रोकरसँग छलफल राखिएको छ। उहाँहरुसँगको छलफल पछि लागु हुने मिति तय हुने छ"सिडिएसिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले मेरो लगानीसँग भने।

टी प्लस टु लागु गर्ने स्टक होल्डर मध्ये ब्रोकर कम्पनी रहेकोले उनीहरूसँग एक पटक सल्लाह गर्नै पर्ने देखिएकोले शुक्रवार छललका लागि डाकिएको हो। उनीहरूको सल्लाहपछि तय भएको मिति सञ्चालक समितिको बैठकमा पेश गर्ने,सञ्चालक समितिले निर्णय गरेपछि लागू हुने मिति सार्वजनिक गर्ने आचार्यको भनाइ छ। जति सक्दो चाडै मिति तय गर्ने विषयमा सिडिएसिले पहल गरिरहेको आचार्यको भनाई छ।

 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।