ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Jan 13, 2021 10:50 AM Merolagani



ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

बैंकको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ प्रतिशत नगद लाभांश गरी कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांंश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।