स्वावलम्बन लघुवित्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Jan 13, 2021 02:04 PM Merolagani



स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) को लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हो ।

लघुवित्त संचालक समितिको पुस ३ गते बसेको बैठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले पुस २७ गते स्वीकृति दिएको हो । 

लाभांश अब वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।