एशियाली शेयर बजारमा बढोत्तरी, भारतीय शेयर बजार नयाँ उचाईमा

Jan 13, 2021 12:53 PM Merolagani



बुधबार एशियाली शेयर बजारमा बढोत्तरी देखिएको छ भने वाल स्ट्रटीले पनि फाइदा ट्रयाक गरेको छ । 

पछिल्लो समय निर्माण भएका र भइरहेका भ्याक्सिनले कोरोना भाइरस विरुद्धको लडाई जित्ने सक्छ भन्ने आशासँगै एशियाली बजारमा बढोत्तरी देखिनुका साथै आपूर्ति बढ्ने आशाले तेलको मूल्य एक वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.४५ प्रतिशतले बढेको छ । यता चीनको शेयरमा ०.३४ प्रतिशतको बढोत्तरी देखिएको छ, जबकि दक्षिण कोरियाको कोस्पी इन्डेक्समा ०.०४ प्रतिशतको वृद्धि देखिएको छ ।

यसैगरी यूएस स्टक फ्यूचर्स ०.१५ प्रतिशतले बढेको छ ।

भारतीय शेयर बजार नयाँ उचाईमा
बलियो घरेलु तथ्यांकका कारण भारतीय शेयर बजार बुधबार बढोत्तरीका साथ खुलेको छ । योसँगै सुरुवाती कारोबारमा सेन्सेक्सले पहिलो पटक ४९ हजार ७०० को बिन्दु पार गरेको छ । सेन्सेक्स १९० अंकले बढेर ४९ हजार ७०७.४२ बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।

यसैगरी निफ्टी पनि १४ हजार ६०० माथि कारोबार गरिरहेको छ । यसदिन निफ्टी ६४.१५ अंकको बढोत्तरीका साथ १४ हजार ६२७.६० बिन्दुमा कारोबार गरिरहेको छ ।

शेयर बजारमा देखिएको बढोत्तरीसँगै सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १९८.३२ लाख करोड रुपए नाघेको छ । एजेन्सी 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।