अनलाइन लाइसेन्स आवेदनमा कोटा प्रणाली हटाउदै यातायात विभाग, यस्तो छ तयारी

Jan 13, 2021 01:34 PM Merolagani



यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदनमा कोटा प्रणाली हटाउने भएको छ । विभागले केहि बर्षदेखि कोटा प्रणाली लागू गर्दै आएको थियो । तर, करिव ९ महिनापछि खोलिएका अनलाइन लाइसेन्स आवेदनमा समस्या आएको भन्दैे चौतर्फी विरोध भएपछि कोटा प्रणाली हटाउन लागेको हो ।

विभागले अब आफ्नो सर्वरको क्षमता बढाउने र लोड म्यानेजमेन्टको कामलाई अघि बढाएको छ । सेवाग्राहीको अनलाइन फारम भर्न कठिन भएको गुनासो अत्याधिक आएपछि आगामी आइतबारबाट कोटा प्रणाली हटाउने गरी गृहकार्य अघि बढेका विभागका महानिर्देशक गोगन हमालले बताए ।

यसरी फारम भर्दा एकैपटक धेरैले भरेपनि सिस्टमले वेटिङमा राखेर परिक्षा तोक्ने छ । यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गते देखि आवदेन खुला गरेको थियो । लाइसेन्स आवेदन खुलेपछि मानिसको चाप अत्याधिक बढेकाे विभागले जनाएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।