हिमालयन बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी साधन कर्जा सम्बन्धि सम्झौता

Jan 13, 2021 02:44 PM Merolagani

हिमालयन बैंक (HBL) र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच पौष २८ गतेबाट लागु हुने गरी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।