लाभांश प्रस्ताव पारित गर्न सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा

Jan 14, 2021 08:43 AM Merolagani



सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

फाइनान्सले माघ २३ गते, शुक्रबार, आफ्नो नयाँ कर्पोरेट भवन, कुपण्डोलमा दिनको ११ बजे २४ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले सञ्चालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ७ प्रतिशतले हुने रकम ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ १३ पैसा बोनस शेयर र ३ प्रतिशतले हुने रकम २ करोड ४७ लाख १ हजार ९ सय ३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले माघ १२ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।