ट्रेण्ड परिवर्तनसँगै घट्दो ब्याजदरले बजारलाई नयाँ उचाई कायम गर्न टेवा दिएको छ

Jan 16, 2021 03:18 PM Merolagani

सुनिल थपलिया
समग्रमा यो साता बजार राम्रो नै रह्यो। पछिल्लो सातादेखि नै बढेर रेकर्ड कायम गरिरहेको शेयर बजारले यो साताको ४ कारोबार दिन नै अलटाइम हाइ रेकर्ड बनायो। 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसको नकारात्मक प्रभावको बावजुद नेपाली शेयर बजार नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाईमा पुग्न सफल भइरहेको छ।

यो साताको शेयर बजारको अवस्थालाई हेर्दा माइक्रोफाइनान्स र इन्स्योरेन्स सेक्टरमा नै लगानीकर्ताहरुको आकर्षण देखियो। पछिल्लो हप्ता बढेको बैंकिङ सेक्टरमा भने लगानीकर्ताहरु प्रफिट बुक गर्नतर्फ लाग्दा यो सेक्टर घट्न पुगेको हो कि जस्तो लाग्छ।

अहिलेको बजारको अवस्था हेर्दा आगामी दिनहरु बजारका लागि राम्रो हुन्छ। पछिल्लो समय बैंकहरुले ब्याजदर थप घटाएका छन्। बजारमा अहिले ब्याजदर घटेर धेरै तल अर्थात न्यून दरमा आइसकेपछि बचतमा राखेका मान्छेहरुले पनि पैसा निकालेर पूँजी बजारतिर लगानी गर्न थालेको देखिन्छ।

आर्थिक तरलताले बजारमा प्रत्यक्ष प्रभाव पार्ने हुदाँ यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ। बैंकसँग तरलता प्रशस्तै छ। यसैगरी लगानीकर्ताहरुले सस्तोमा ब्याज लिएर बजारमा लगानी गर्ने वातावरण पहिलेको जस्तै अझै पनि कायम छ। बैंकमा पैसा जम्मा गरेर खासै ब्याज पनि आउदैन।

यसैगरी कोरोना महामारीका कारण विश्वव्यापी अर्थतन्त्र नै ठप्प भएका बेला नेपालमा पनि लगानीका अन्य क्षेत्रहरु संकुचित बन्न पुगेका छन्। त्यसैले गर्दा अहिले लगानीकर्ताहरुका लागि लगानी गर्न शेयर बजार नै एउटा उत्तम विकल्प बनेको छ। यसरी अन्य क्षेत्रका लगानीकर्ताहरुले पनि आफूसँग भएको लगानी शेयर बजारमा नै लगाएका कारण शेयर बजार थप मजबुत बन्न पुगेको हो। र यसले आगामी दिनमा पनि निरन्तरता पाउँछ जस्तो लाग्छ।

पछिल्लो समय लगातार बजारले रेकर्ड कायम गर्नुको मुख्य कारण बजारमा लगानीकर्ताहरुको मनोविज्ञानले गर्दा पनि हो। त्यो मनोविज्ञानलाई असर गर्ने कुरा भनेको बजारको अहिलेको परिवर्तित ब्याजदर, अर्काे भनेको चक्रिय समय। समयगत हिसाबले हेर्ने हो भने अहिले बजार बियरिश ट्रेण्ड पार गरेर बुलिश ट्रेण्डमा छ। त्यसलाई सपोर्ट गर्ने चाहिँ बैंक ब्याजदर नै हो।

बैंक ब्याजदर घट्दो क्रममा रहेकाले अर्थात् ब्याजदर घटेर धेरै तल अर्थात न्यून दरमा आइसकेपछि बचतमा राखेका मान्छेहरुले पनि पैसा निकालेर पूँजी बजारतिर लगानी गर्न थालेका छन्। ऋण लिएर लगानी गर्नेहरुको पनि लागत कम हुने भयो। यसले लगानीकर्ताहरुको आत्मबल बलियो बनाइरहेको छ।

यसैगरी पुस मसान्तमा बजार घट्ने अपेक्षा गरेका थियौँ, त्यो नभएका कारण अब आउने हप्ता पनि बजारले रेकर्ड नै कायम गर्छ जस्तो लाग्छ।

अहिलेको बजारको अवस्था हेर्दा आगामी साता माइक्रोफाइनान्स र इन्स्योरेन्स सेक्टर नै माथि जान्छ कि जस्तो लाग्छ। विशेषगरी माइक्रोफाइनान्स सेक्टरमा नै लगानीकर्ताहरु हाबी हुन्छन्, किनभने यसमा सप्लाई कम डिमाण्ड हाई हुन्छ। यसको शेयर सजिलै चलायमान हुन्छ। त्यसैले गर्दा माइक्रोफाइनान्सको शेयर माथि पुग्ने सम्भावना देख्छुँ।
(मेरोलगानीका सबिना बजगाईसँगको कुराकानीमा आधारित) 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।