"सकेसम्म चाँडो बाँडफाँड गर्नेगरी काम गरिरहेको र यस साताभित्रै बाँडफाँड गरिसक्ने तयारी गरेका छौँ," क्यापिटलका एक प्रतिनिधिले मेरोलगानीसँग भने "कहिले गर्ने भनेर मिति तोकिएको भने छैन"।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।
कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० जनाको आवेदन परेको छ। यो आइपीओमा परेको सबैभन्दा बढी आवेदन हो। यसअघि प्रभु लाइफको आइपीओमा ११ लाखभन्दा कम आवेदन परेको थियो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ।
हालसम्म उपलब्ध तथ्याँकलाई आधार मान्दा कम्पनीके आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने देखिएको छ।