बसको टिकटको भुक्तानी क्यूआरबाट

Jan 18, 2021 12:42 PM Merolagani

लक्ष्मी बैंकले (LBL) लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ ।अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि /वालेटबाट क्यू आर स्क्यान गरि फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ ।

क्यूआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यूआर पेमेन्टहरुले ग्राहकहरुलाई छिटो एवं छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैंकले लिएको छ ।

लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेन्टलाई अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना/ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।