६ सय १५ स्थानिय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी, ५१ सय ओटा विटीएस टावर जडान

Jan 18, 2021 02:43 PM merolagani



सरकारको स्वामित्व प्राप्त नेपाल टेलिकमको फोरजी सेवाको पहुँच ६ सय १५ स्थानीय तहमा पुगेको छ । टेलिकमले देशैभर फोरजीको पहुँच पुर्याउने गरी ०७५ पुसमा सम्झौता गरेको थियो । नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा २९ सय ५५ स्थानमा ५१ सय ७६ ओटा विटीएस टावर मार्फत फोरजी सेवा उपलब्ध गराएको छ ।

टेलिकमले नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखरामा फोरजी विस्तार गरेको थियो । दुईवटा शहरमा फोरजी विस्तार भएको चार बर्षपछि टेलिकमले ६० वटा शहरमा फोरजी सेवा विस्तार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै सेवा सुरुवातको घोषणा गरेका थिए ।

अहिले टेलिकमका सक्रिय फोरजी प्रयोगकर्ता ३० लाख बढी नाघेको टेलिकमले जनाएको छ । टेलिकमको फोरजी केहि महिना अगाडी नै ७७ ओटै जिल्लामा विस्तार भइसकेको घोषणा गरिसकेको थियो ।

टेलिकमका प्रवक्ता राजेश जोशीले चिसो मौसमका कारण उच्च हिमाली भेगमा फोरजी विस्तार गर्न समस्या भइरहेको बताउँदै यो बर्षभित्र फोरजीको काम सक्ने बताए ।

उनका अनुसार कारोना महामारीले नेपाल टेलिकमका सबै प्रोजेक्ट ठप्प थिए जसको कारण काम अघि बढ्न सकेन ।‘पछिल्लो नोभेम्बरदेखि ‘स्पीड’ ले काम भइरहेको छ’ उनले भने, ‘लकडाउन र निषेधाज्ञाले काम ठप्प हुँदा प्रगति देखिएन’।

हाल टेलिकमले मासिक दुई सय बढी टावर स्थापना र जडान गर्दै आएको छ । महामारीका कारण प्रोजेक्टमा जनशक्ति र व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता जोशीको भनाई छ ।

खासगरी ३\४ दिनमा एकचोटी फोरजी नेटर्वकमा कनेक्ट भएको र क्षणिक रुपमा फोरजी नेटवर्कको पहुँचमा भएका प्रयोगकर्ता समेतलाई गणना गर्ने हो भने ४० लाख बढी फोरजी सेवाले लाभान्वित भएको तथ्याङ्कले देखाएको टेलिकमको भनाई छ ।

अहिले नेपाल टेलिकका थ्रिजी प्रयोगकर्ता ८४ लाख रहेका छन् । त्यसैगरी, एनसेलका फोरजी ग्राहक ४० लाख छन भने थ्रीजी ग्राहक २६ रहेका छन् । टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ  छ ।

हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन । टेलिकमका टावरबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ ।

अहिले घट्दै गएको आम्दानीलाई फोरजी एलईटी सेवाले नयाँ उचाईमा पुर्याउने टेलिकमले जनाएको छ । त्यस्तै सरकारले टेलिकमलाई फ्रिक्वेन्सी दिएको खण्डमा फाइबजी सेवा उपलब्ध गराउन पनि टेलिकम तयार रहेको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउँदै आएका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।