नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

Jan 18, 2021 02:28 PM Merolagani



नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको काेराेना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।

केहि दिन अघि बेलायतबाट नेपाल आएका व्यक्तिहरुमध्ये ६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा तीन जनामा एस जीन टार्गेट नेगेटिभ देखिएको थियो। त्यसपश्चात नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि उक्त नमुना हंगकंगको प्रयोगशालामा पठाइएकोमा सो पुष्टि भएको हो।

संक्रमित तीन जनामध्ये २८ वर्षिय महिला, ६७ वर्षिय वृद्ध तथा ३२ वर्षका पुरुष रहेका छन्। हाल ती महिला र पुरुषको पीसीआर नतिजा नेगेटिभ आइसकेतापनि एक वृद्ध भने अझै पनि संक्रमित रहेका छन्। यद्यपी उनमा कुनै लक्षण भने नदेखिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।