नेपालमा थप ३२२ जनामा कोरोना भाइरस पुष्टि, उपत्यकाका १६३ जना

Jan 18, 2021 04:49 PM Merolagani

सोमबार नेपालमा थप ३२२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । २४ घण्टामा भएको चार हजार ३०६ पीसीआर परीक्षणमा सो पुष्टि भएको हो । जसमध्ये १९८ जना पुरुष र १२४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित विवरण अनुसार थपिएका संक्रमितहरुमा काठमाडौं उपत्यकाका १६३ जना रहेका छन् । काठमाडौंका १४१ जना, ललितपुरका १५ जना र भक्तपुरका सात जना गरी सो संख्या पुगेको हो ।

यसैगरी २४ घण्टामा कोरोना संक्रमण जित्नेको संख्या ३७४ रहेको छ । हालसम्म देशभरमा कोरोनामुक्त हुने दुई लाख ६१ हजार ८१८ जना रहेका छन् । यस्तै कुल २० लाख १६ हजार ७५८ नमुना परीक्षण हुँदा संक्रमित हुनेको कुल संख्या दुई लाख ६७ हजार ६४४ जना रहेको छ ।

मन्त्रालयले दिएको तथ्यांक बमोजिम एक दिनमा ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कुल एक हजार ९६५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

हाल मुलुकमा सक्रिय संक्रमित हुनेको कुल संख्या तीन हजार ८६१,संस्थागत आइसोलेसनमा रहने एक हजार १०२ र क्वारेन्टिनमा रहेनेको कुल संख्या २२१ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।