डोनाल्ड ट्रम्पः रियल स्टेट कारोबारी देखि राष्ट्रपतिसम्म, ट्रम्पको कार्यकालमा कसरी बदलियो विश्व?

Jan 20, 2021 08:20 AM Merolagani

अमेरिकाको राष्ट्रपति पदका उम्मेद्वार बन्नुभन्दा पहिले डोनाल्ड ट्रम्प अमेरिकाको सबैभन्दा चर्चित र रंगीन अरबपतिको रुपमा परिचित थिए।

कुनै समय उनलाई राष्ट्रपति बन्नुभन्दा टाढाको एउटा पेन्नी मानिएको थियो। तर अब उनले राष्ट्रपतिका रुपमा आफ्नो कार्यकाल पूरा गर्दैछन् र दोस्रो पटक राष्ट्रपति पदको दौडमा बाइडेनसँग प्रतिस्पर्धा गरिसकेका छन्।

जब उनी पहिलोपटक चुनाव लडिरहेका थिए, तब उनको उम्मेद्वारीमाथि कयौँ प्रश्न थिए र उनको सफलतामाथि शंकाका कयौँ कारण पनि।

उनको विवादित चुनावी अभियानमा प्रवासी मानिसहरुमाथि कडाई गर्नु सबैभन्दा महत्वपूर्ण मुद्दा रहेको थियो। यसका अलावा उनको सेलिब्रेटी जीवन पनि प्रश्नहरुको घेरामा रह्यो।

तर, २०१६ मा ७० वर्ष भएका ट्रम्पले रिपब्लिकन पार्टीको उम्मेद्वारको दौडमा कयौँ अनुभवी राजनेताहरुलाई पछाडि पारिदिएका थिए र अन्ततः राष्ट्रपति पदसम्म पुगेका थिए।

ट्रम्पको सुरुवाती जीवन

डाेनाल्ड ट्रम्प न्यूयोर्ककको रियल स्टेट कारोबारी फ्रेड ट्रम्पका चौथो सन्तान हुन्। परिवारको अधिक सम्पत्तिका बाबजुद उनीबाट आफ्ना बाबुको कम्पनीमा सानातिना काम गराइयो। स्कूलमा जब उनले गलत व्यवहार शुरु गरे तब १३ वर्षको उमेरका उनलाई आर्मी एकेडेमीमा पठाइयो।

रियल स्टेट कारोबारी ट्रम्प

रियल स्टेट कारोबारमा आउदा, ट्रम्पका अनुसार, उनी आफ्ना बाबुबाट १० लाख डलर ऋण लिएर कारोबारमा आएका थिए। पछि उनी पनि कम्पनीको हिस्सा समेत बनेका थिए। ट्रम्पले न्यूयोर्कमा आफ्ना बाबुको रियल स्टेट कारोबारलाई अगाडि बढाए र सन् १९७१ मा कम्पनीको कमाण्ड आफ्नो हातमा लिएर त्यसको नाम ट्रम्प अर्गनाइजेशन राखे। ट्रम्पका अनुसार उनका बाबु नै उनका प्रेरणा थिए।

त्यसैगरी ट्रम्पले होटल र क्यासिनोको पनि सञ्चालन गरे।

राजनीतिमा रुची

ट्रम्पले सन् १९८७ मा राष्ट्रपति पदको उम्मेद्वारीका लागि आफ्नो रुची देखाएका थिए। सन् २००० मा उनी रिफर्म दलका उम्मेदवारका रुपमा उक्त दौडमा संलग्न पनि भएका थिए। सन् २००८ पछि उनी बाराक ओबामा अमेरिकी हुन् भन्ने विषयमा शंका गर्ने मानिसहरुभित्र गनिए। जबकि, ती सबै दाबी गलत प्रमाणित भइसकेका थिए। बाराक ओबामाको जन्म अमेरिकाको एक हवाइ प्रान्तमा भएको थियो।

ट्रम्पले पछि यस आरोपमा कुनै सत्यता नभएको स्वीकार गरेका थिए तर उनले ओबामासँग यसका लागि कहिल्यै माफी भने मागेनन्।

सन् २०१५ मा ट्रम्पले आधिकारिक रुपमा ह्वाइट हाउसको दौडमा समावेश हुने घोषणा गरेका थिए र सन् २०१६ को निर्वाचनमा उनले अप्रत्यासित जीत पनि पाए।

साे समयमा ट्रम्पले आफूलाई बाहिरी तथा कुनै पनि किसिमको दबावबाट स्वतन्त्र उम्मेदवार भएको र निर्वाचनका लागि कोहि अरुसँग पैसा माग्न आवश्यक नरहेको बताएका थिए । सो समयमा ट्रम्पको नारा 'मेक अमेरिका ग्रेट एगेन' रहेको थियो। हालको निर्वाचनमा पनि ट्रम्पले सोही नारा दोहोराएका थिए। उनले अमेरिका र मेक्सिकोका बीच पर्खाल बनाउने तथा मुस्लिमहरुलाई अमेरिका आउनका लागि अस्थाई बन्देज लगाउने वाचा गरे। ट्रम्पले सीमामा पर्खाल बनाउन नसेकतापनि सात राष्ट्रका मुस्लिम नागरिकहरुलाई अमेरिका प्रवेश गर्न अस्थायी रोक भन्ने पक्कै लगाए।

सन् २०१६ का विजेता

ट्रम्पको निर्वाचन अभियान विवादले भरिएको थियो। सन् २००५ को एक रेकर्डिंगमा उनी भद्दा टिप्पणी गरिरहेको देखिएका थिए। उनकै आफ्ना दलका मानिसहरुले उनी राष्ट्रपति पदका लागि उपयुक्त नरहेको दाबी गरेका थिए। तर, उनले आफ्ना समर्थकहरुसँग लगातार सबै विपक्षी दल विरुद्ध जीत हासिल गर्ने बताइरहे। उक्त निर्वाचन वर्षमा सर्वेक्षणले उनका प्रतिस्पर्धी हिलारी क्लिन्टन अघि रहेको देखाइरहेको थियो।

निर्वाचनका पण्डितहरुको विश्लेषणहरुलाई गलत सावित गर्दै ट्रम्पले अप्रत्यासित रुपमा जीते र सन् २०१७ को जनवरीमा अमेरिकाका ४५ औं राष्ट्रपतिको सपथ ग्रहण गरे। यसरी उनी कुनै राजनीतिक दलमा नरहेको पहिलो राष्ट्रपति बन्न सफल भए।

व्यापार सम्झौताका योजनाकार

ट्रम्प आफूले नगरेका कैयन् व्यापार सम्झौताहरु लत्याएका कारण पनि चर्चित छन्। राष्ट्रपति कार्यालय आएको पहिलो दिन नै उनले ट्रान्स पेसेफिक पार्टनरशिपलाई खारेज गरेका थिए। १२ देशहरुबीचको सो व्यापार सम्झौतालाई ओबामाले स्वीकृत गरेका थिए।

यस्तै, ट्रम्पले क्यानडा र मेक्सिकोसँग नर्थ अमेरिकन फ्री ट्रेड सम्झौतामा पुनः मोलतोल गरेका थिए। उनका अनुसार, यो सबैभन्दा नराम्रो सम्झौता थियो। नयाँ सम्झौतामा खासै केही परिवर्तन नभएपनि श्रमिकहरुका लागि नियममा कडाई गरियो।

सन् २०१६ को डिसेम्बर २ मा ट्रम्पले ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष कुराकानी गरे। यसरी सन् १९७९ मा ताइवानसँग भएको औपचारिक सम्बन्ध विच्छेदको परम्परा उनले तोडेका थिए।

साउथ चाइना सीमा चीनको दाबीलाई ट्रम्पले अवैद्यानिक बताए। चीनको टिकटक र वीच्याट जस्ता एप्सहरुलाई प्रतिबन्ध गरियो र चीनको चर्चित टेलिकम हुवावेलाई कालोसूचीमा राखियो।

डोनाल्ड ट्रम्पको शासन कालमा कसरी बदलियो दुनियाँ?

राष्ट्रपति पदमा रहदा ट्रम्पले जलवायु परिवर्तनलाई अस्वीकार गरेका थिए। यद्यपी, ट्रम्पले यो विषयलाई लिएर के सोच्छन्? त्यो स्पष्ट छैन। ट्रम्पले कुनै समय यसलाई अधिक महंगो डरका रुपमा बताएका थिए भने कहिले यसलाई एउटा गम्भीर विषय भएको पनि भनेका थिए।

तर, कार्यभार सम्हालेकाे ६ महिना भित्र नै उनी पेरिस जलवायु सन्धिबाट पछाडि हटेका थिए। उक्त सम्झौतामाथि करिब २०० देश विश्वको तापक्रममा बढोत्तरीलाई २ प्रतिशत भन्दा तल राख्नका लागि सहमत भएका थिए।

केही देशका लागि बन्द गरे सीमा

राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेको एक हप्ता भित्र नै ७ मुस्लिम बहुसंख्यक देशहरुबाट आउने आप्रवासीहरुका लागि अमेरिका प्रवेशमा रोक लगाएका थिए।

यसैगरी, अमेरिकामा स्थायी रुपमा बस्ने अधिकार दिने भिसामा पनि कडाई गरे। विशेषगरी जसको नातेदार पहिलेदेखि अमेरिकामा बसिरहेका थिए उनीहरुका लागि उक्त भिसा प्राप्त गर्न मुस्किल भयो।

कोरोना महामारी

ट्रम्प आफ्नो पहिलो कार्यकालका क्रममा कडाई र अप्रत्याशित निर्णय लिनका लागि प्रख्यात मानिन्छन्। उनले अमेरिकी अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउने दाबी गरेका थिए।

तर, राष्ट्रपति पदको अन्तिम महिनामा कोरोना महामारीले अमेरिकामाथि गहिरो र व्यापक असर गर्याे। लकडाउनले मानिसहरुको आर्थिक अवस्था नाजुक बनायो। ट्रम्प महामारीलाई अस्वीकार गर्दै आए। अमेरिकामा कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरै मृत्यु त्यहीँ भयो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल २० जनवरीमा सकिदैछ। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा सपथ ग्रहण गरेसँगै उनको कार्यकाल सकिनेछ। एजेन्सीको सहयोगमा 

तस्बीरः बीबीसी हिन्दी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।