चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने, करिब पौने ११ लाखले शेयर नपाउने

Jan 20, 2021 06:59 PM Merolagani



चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट सकिएपछि शुक्रबार बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस मध्ये ४५ हजार ६३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि हुने देखिएको हो ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।