चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने, करिब पौने ११ लाखले शेयर नपाउने

Jan 20, 2021 06:59 PM Merolagani



चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट सकिएपछि शुक्रबार बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस मध्ये ४५ हजार ६३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि हुने देखिएको हो ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।