नेपाल एडुफेयर डट कमको चौथो भर्चुअल शैक्षिक मेला सुरु

Jan 21, 2021 12:39 PM Merolagani

नेपाल एडुफेयर डट कमको चौथो भर्चुअल शैक्षिक मेला ७ माघदेखि सुरु भएको छ । विगतका वर्षमा झैँ यो वर्ष पनि प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरिएकाे हाे ।

मेलामा कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के–कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गरिन्छ । 

मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ । र, प्रत्येक वर्ष ‘शिलापत्र उज्ज्वल स्कलरसिप’ अन्तर्गत विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएकाे छ। विद्यार्थीलाई स्नातक तहमा नौवटा विषयमा र प्लस टु तहमा ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएकाे छ । 

 

त्यस्तै, यहि ८ माघ देखि प्रत्येक दिन साँझ ६ देखि ६ः३० बजेसम्म शिलापत्रबाट ‘एडु टक’ लाइभ कार्यक्रम प्रसारण हुनेछ । उक्त कार्यक्रम युथ मोटिभेटर सौनक भट्टले संचालन गर्नेछन् ।

एडु टक कार्यक्रममा प्रत्येक दिन एक जनालाई एउटा भिभो मोबाइल गिफ्ट दिइनेछ । त्यस्तै, ई–सेवाबाट ल्यापटप र nepaledufair.com भिजिट गरेर ई–सेवामा क्लिक गर्नेबित्तिकै ५० रुपैयाँ क्यास ब्याक पाइनेछ ।  

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।