नेपाल इन्भेष्टमेण्ट बैंककाे ३४ औं साधारण सभा सम्पन्न, १८.५ प्रतिशत लाभांश वितरण गर्ने

Jan 21, 2021 01:04 PM Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंकले (NIB) १८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको माघ ८ गते बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न भएको ३४ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभामा अध्यक्षता गरेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिने घाेषणा गरेका हुन् ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

यसैगरी, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंककले पुस २२ गते देखि बुक क्लोज गरेको थियो । यस अनुसार पुस २१ गते मंगलबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

यस वर्ष बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्ब रूपैयाँबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्ब रुपैयाँबाट वृद्धि भई १४१ अर्ब रुपैयाँ पुगेको छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।