मार्केट मेकरकाे रूपमा काम गर्न नागरिक स्टक डिलरले धितोपत्र बोर्डबाट अनुमति पायाे

Jan 22, 2021 05:08 PM Merolagani

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले धितोपत्र व्यापारको काम गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो।

बोर्डले नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी २०७५ फागुन १ गतेदेखि लागु हुने गरी धितोपत्र व्यवसायी नियमावली,२०६४ मा संशोधन गरेको थियो।

सोहि अनुसार नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको कामगर्न अनुमति दिइएको बोर्डले जनाएको छ।

नेपालको पूँजीबजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजीबजारमा गतिशीलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।