बैंकिङ सेक्टर नबढेसम्म बजारले स्थायित्व कायम गर्न सक्दैन

Jan 23, 2021 02:01 PM Merolagani

प्रणम्यमान धौभडेल 

अहिले बुलिस मार्केट छ। १८ सयबाट बढेर माथि आएको बजार अहिले स्टेबल नै देखिरहेको छ। पछिल्लो समय नेप्से सूचकका साथै कारोबार रकम पनि बढिरहे को छ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसको नकारात्मक प्रभावको बावजुद नेपाली शेयर बजारले नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाई छुन सफल भएको छ।

साप्ताहिक रुपमा हेर्दा डिसेम्बर २०२० देखि बजारले हाइयर हाइ र हाइयर लो कायम गर्दे आइरहेको छ। यो हप्ताको अवस्था पनि त्यस्तै छ र बजारले साप्ताहिकका साथै दैनिक रुपमा पनि नयाँ रेकर्ड बनाउदै आएको छ।

नेप्से सूचक मात्र नभई शेयर बजारमा भोल्यूम पनि बढीरहेको छ जसले अधिक मागका सिर्जना गरिरहेको छ। साताभरी नै ५ दिने इएमए बलियो टेवाको रुपमा देखिएको छ। अहिले आरएसआई पनि ८०.८९ स्केलमा छ जबकी गत डिसेम्बरमा नेप्से २११८.६८ विन्दुमा पुग्दा आरएसआई ९५.९ स्केलमा पुगेको थियो। यसले अझ केही बढ्ने सम्भावना भएको देखाउँछ।

तर २४९०–२५२५ को बिन्दुमा पुगेपछि चाहिँ केही करेक्शन आउँछ कि जस्तो लाग्छ। त्यसपछि फेरी मार्केट माथि नै जान्छ। तर अहिलेलाई चाहिँ बजार २५ सयको बिन्दु आसपासमा नै रहन्छ जस्तो लाग्छ।
यदि बजार आउदो दिनहरुमा करेक्सन भयो भने पनि अघिल्लो ३ पटक जस्तै २१३५ को बलियो टेवा पाएर उक्लिनेछ।

अब कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्टहरु आउने क्रम शुरु भइसकेको छ। त्यसले पनि शेयर जारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। बैंकहरुको शेयर पूँजी बजारमा ठूलो महत्व राख्दछ। बैंकहरु नबढेसम्म अरु कति कम्पनीहरु कति बढे भन्ने कुराले नेप्सेमा धेरै प्रभाव पार्दैन अर्थात् बैंकिङ सेक्टर नबढेसम्म बजारले स्थायित्व कायम गर्न पनि सक्दैन। त्यसैले दोस्रो त्रैमासमा बैंकहरुको पनि राम्रै रिपोर्ट आउँछ होला भन्ने आशा छ, जसले शेयर बजारलाई माथि लैजान सहयोग पुर्याउने देखिन्छ।

बैंक तथा वित्तीय संस्थाहरुको सबैभन्दा बढी हिस्सा भएको स्टक मार्केटमा बैकिङ क्षेत्र नबढेसम्म अरु सेक्टरको बढाईले बजारलाई दीगो बनाइराख्न सक्दैन जस्तो लाग्छ।

यसैगरी, बजारमा अधिक तरलताका साथै ब्याजदरमा आएको उच्च गिरावटले शेयर बजारमा एउटा अवसर सिर्जना गरेको छ। बजारमा अहिले ब्याजदर घटेर धेरै तल अर्थात न्यून दरमा आइसकेपछि बचतमा राखेका मान्छेहरुले पनि पैसा निकालेर पूँजीबजार तिर लगानी गर्न थालेका छन्।

बैंकहरुले अझैँ पनि फिक्स्ड डिपोजिटमा राखेको रकमका साथै ऋणको ब्याजदर पनि बढाउन सकिरहेको छैनन्। यसले गर्दा लगानीकर्ताहरुले सस्तोमा ब्याज लिएर बजारमा लगानी गर्ने वातावरण पहिलेको जस्तै अझै पनि कायम छ। बैंकमा पैसा जम्मा गरेर खासै ब्याज पनि आउदैन। त्यसैले, उनीहरु बैंकको ब्याज आम्दानीबाट पूँजीगत लाभ र लाभांशतर्फ स्थानान्तरित भएका छन्।

त्यस्तै, तत्कालका लागि लगानी गर्ने अन्य क्षेत्रहरु पनि छैनन्। कोभिड–१९ को प्रभावले गर्दा पनि अन्य क्षेत्रमा लगानी गर्ने ठाउँहरु छैनन्। त्यसैले गर्दा अहिले लगानीकर्ताहरुका लागि लगानी गर्न शेयर बजार नै एउटा उत्तम विकल्प बनेको छ र अहिलेको बजारले लगानीकर्ताहरुका लागि एउटा अवसर पनि सिर्जना गराएको छ।

आगामी साताको बजारमा चाहिँ हाइड्रोपावर र बैकिङ सेक्टरले नै लीड गर्छ कि जस्तो लाग्छ। कमर्शियल बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण राम्रो आउने अपेक्षाले गर्दा पनि अब आगामी साता चाहिँ लगानीकर्ताहरु त्यतातर्फ जानसक्छन्।
(मेरोलगानीका सबिना बजगाईसँगको कुराकानीमा आधारित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।