पूँजी बजार सुधारका लागि समिति गठन भएकोमा लगानीकर्ता उत्साहित, बैदेशिक लगानी भित्र्याउन बिशेष पहल गरिने

Jan 27, 2021 07:49 AM Merolagani

पूँजी बजार सुधार र विस्तारका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पहलमा समिति गठन भएकोमा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

शेयर बजारले नयाँ उचाइ चुम्दै गएको अवस्थामा त्यसको थप विकास र विस्तारका लागि निजी क्षेत्रबाट भएको पछिल्लो पहललाई लगानीकर्ताले सकारात्मक दृष्टिकोणले हेरेका छन् ।

नेप्से बढेर अहिलेसम्मकै नयाँ रेकर्ड अर्थात २४४० अंक नजिक पुगेको छ । बजार आगामी दिनमा अझै बढ्ने सम्भावना पनि त्यतिकै देखिएको छ । यस्तो समयमा निजी क्षेत्रबाट पूँजी बजारलाई अझै सशक्त पार्न समिति गठन हुनुलाई लगानीकर्ताले सुभ संकेतका रुपमा लिएका छन् ।

समितिले पूँजी बजारमा बैदेशिक लगानी भित्र्याउने पहल थाल्ने भएको छ । यसले पूँजी बजार थप मजबुत बन्दै जाने लगानीकर्ताले विश्वास गरेका छन् ।

शेयर बजार सुधारका लागि समितिले सरकारलाई दबाब दिने भएको छ । निजी क्षेत्रका व्यवसायीहरुले शेयर बजार सुधारका लागि सामुहिक दबाब दिन लागेको यो पहिलो पटक हो ।

शेयर बजार सुधारका लागि समुहिक रुपमा आवाज उठाउने गरी निजी क्षेत्रका व्यवसायी एक हुन भएका हुन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संस्था एफएनसीसीआईले पहिलो पटक शेयर बजार सुधारका लागि सामुहिक आवाज उठाउने गरी समितिको गठन गरेकाे हाे । अम्बिकाप्रसाद पौडेलको सभापति रहेको उक्त १३ सदस्यीय समितिले पूँजी बजार सुधारका लागि सामुहिक आवाज उठाउने तयारी गरिरहेका छन् ।

पूँजी बजारको विकास र विस्तारका लागि आवाज उठाउने काम गर्ने नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई पूँजीबजार समितिका सभापति पौडेलले बताए । ‘पूँजी बजार विकास र विस्तारमा देखिएका समस्यालाई पहिचान गरी ती बिषयलाई समाधान गर्नका लागि पहल गर्ने छौ,’ उनले भने, ‘द्धिविधा (कन्फ्युज)मा रहेका बिषयमा क्लियरिफाइ गर्दै अगाडि बढ्ने छौं ।’

महासंघको अगुवाइमा नेपालको पूँजी बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउने कामको पहल थालिएको छ । यसअघि पूँजी बजारको बिस्तार र विकासका लागि निजी क्षेत्रबाट यस्तो सामुहिक पहल हुन सकेको थिएन् । ‘व्यक्तिगत स्वार्थका लागि पहल भएपनि सामुहिक हितका लागि भने अवाज उठेको थिएन्,’ समतिमा रहेका एक जना सल्लाहकाले भने, ‘नेपालको इतिहासमा पूँजी बजार सुधारका लागि निजी क्षेत्रबाट यति सशक्त टिम बनेको हाे ।’

निजी क्षेत्रबाट पूँजी बजार विकासका लागि संयुक्त रुपमा दबाब सिर्जना गर्ने गरी एफएनसीसीआईको पहलमा समिति गठन भएको हो । ‘पूँजी बजारमा देखिएका समस्याको निरुपण गर्नका लागि पहल गर्ने छ,’ समितिका सभापति पौडेलले भने, ‘पूँजी बजारका बिज्ञहरु समेत रहेको समितिले सरकार र निजी क्षेत्र दुबैलाई लाभ हुने गरी काम गर्ने छ ।’

समितिले पूँजी बजार विकास र विस्तारका लागि आपसमा छलफल गर्न थालिसकेको छ । ‘पूँजी बजारबाट सरकारले बढी कर पाउने र लगानीकर्तालाई पनि बढी फाइदा कसरी हुन्छ त्यसबारेमा छलफल गर्दैछौं,’ पौडेलले भने, ‘सरकार र लगानीकर्ता दुवैलाई फाइदा हुनुका साथै पूँजी बजारको विकास र विस्तारमा पनि टेवा पुग्ने किसिमले सामुहिक एजेन्डा लैजाने छौं ।’

समितिको गत शुक्रबार बसेको बैठकले आगामी दिनमा गर्ने प्रमुख १० कामको विषयमा छलफल गरेको छ । छलफलमा महासघंको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउन काम गर्ने, पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको बिकास र विस्तार गर्ने निर्णय गरेको छ ।

साथै, पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउन, पूँजीबजार सम्बन्धि ऐन कानुनमा समसामयिक सुधार गर्नको लागि सुझाव दिने, पहिलो र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सुचनाहरु प्रदान गर्नको लागि आवश्यक काम गर्ने, मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्य र क्षेत्र विस्तारका र संख्या थप गर्नका लागि पहल गर्ने विषयमा छलफल भएको छ ।

यसैगरी, ओटिसी मार्केटलाई थप व्यवस्थित गर्न पहल गर्ने, शेयर खरिद बिक्री लाभकरमा रहेको अन्यौलको निराकरण गर्न र समय सापेक्ष सुधार गर्नको लागि पहल गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गरि लगानीको क्षेत्रलाई अझै फराकिलो बनाउन पहल गर्ने, लगानीकर्ताहरुका लागि भरपर्दो र मजबुत ब्यबसायको रुपमा यो क्षेत्रलाई स्थापित गर्न, प्रविधि र पँहुचको हिसाबले बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरि अघि बढ्ने विषयमा पनि छलफल भएको छ ।

पूँजीबजारमा लगानीका लागि अन्तर्राष्ट्रिय बजारमा चलिआएका बैकल्पिक औजारहरु (इक्यूटी डेरिभेटिभ, सटसेल, इन्डेक इन्डेक्स डेरिभिटीभ लगायत) ल्याउनको लागि पहल गर्ने विषयमा पनि छलफल भएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।