शेयर बजारमा गरिएको लगानीबाट यसरी प्राप्त गर्न सकिन्छ सकारात्मक नतिजा

Jan 25, 2021 02:43 PM Merolagani

बद्री गोविन्द श्रेष्ठ
शेयर बजारमा लगानीकर्ताहरुको मनोभाव विभिन्न कुराहरुमा केन्द्रित भएको हुन्छ ।

 जस्तै लगानीबाट निरन्तर नाफा प्राप्त भइरहने, आफ्नो लगानीको मुल्य बढ्दै जाने, शेयरको मुल्य बढ्दै जाँदा बढी जोशिने, मूल्य घट्दै जाँदा बढी निरास तथा नकारात्मक हुने, लगानीमा नोक्सान भए के गर्ने ? बजार अब तथा बढ्छ वा घट्छ ? यस्तै प्रकारका बिषयहरुमा लगानीकर्ता केन्द्रीत भएका हुन्छन् ।

जसले बजार बढेको समयमा शेयर बिक्री गर्न सक्छ र घटेको बेलामा खरीद गर्न सक्छ उसले नाफा फाइदा गर्छ । बढी लगनी गर्दा बढी नाफा कमाउन सकिने हो भने बढी लगानी गर्दा नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ । यसको न्यूनिकरण असर खेपी सकारात्मक नतिजा प्राप्त गर्न अवलम्बन गर्नुपर्ने अनगिन्ती कार्य मध्ये निम्नानुसारका केही कार्यहरु गर्दा आ–आफ्नो लागानीबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ ।

१.शेयर लगानीबाट प्राप्त हुने आम्दानी नाफालाई मात्र आफ्नो आम्दानीको एक मात्र श्रोतको रुपमा नराखी अन्य आम्दानीका श्रोतहरुलाई पनि खुला राख्ने ।

२.बजारमा आफ्नो शेयर लगानी गरेका कम्पनीको मूल्य बढेमा नमातिने र मुल्य घटेमा नआतिने ।

३.लगानीको खरीद बिक्रीलाई निरन्तरता दिँदै स्थिर तरिका तथा दीर्घकालीन सोच कोर्ने ।

४.अरुको लहलहैमा लागेर शेयर लगानी नगरी लगानीका आधारभूत सिद्धान्तलाई ध्यान दिँदै लगानी गर्ने ।

५.जोखिम बहन गर्न सक्ने क्षमता कायम गर्ने । भएका सम्पूर्ण सम्पति शेयरमा मात्र नलगाउने

६.निश्चित अवधिमा शेयर मुल्यमा आउने वृद्धि र कमी हुने समयमा क्रमशः बिक्री र खरीद गर्ने ।

७.आफ्नो शेयर लगानीको लागतलाई क्रमिक रुपले कम्पनी अनुसार घटाउदै लग्ने ।

८.निश्चित समयको अन्तरालमा आफ्नो शेयरको लगानीको समिक्षा तथा मुल्याङ्कन गर्दै जाने ।

९.शेयरमा लगानी गरी सफल भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुको जीवनी तथा लगानीको शैलीको अध्ययन, स्वआवलोकन तथा मुल्याङ्कन गर्ने ।

१०.शेयर बिक्रीबाट प्राप्त हुने रकमको उपभोग कुन प्रकारले कहाँ गर्ने भनि योजना बनाउने ।

११.विद्यमान कानुनी व्यवस्थाहरुको पालना गर्ने ।

१२.लगानीमा स्वलगानी तथा कर्जाको अनुपात वृद्धिदर मिलाई लगानी निश्चित गर्ने ।

१३. शेयर बिक्रीबाट गरेको सम्पूर्ण नाफालाई फेरी एकै समुहका शेयरमा मात्र थप लगानी नगर्ने ।

१४.कम्पनीहरुले विगतमा बितरण गरेको लाभांश दर तथा निरन्तरतालाई मुल्याङ्कन गरी लगानी गर्ने ।
१५.नयाँ नयाँ कम्पनीमा लागनी गर्दा कम्पनीको आम्दानी, खर्च, नाफा, प्रतिशेयर आम्दानी दरलाई हेरी शेयरको मूल्य अन्यसँग तुलना तथा मुल्याङ्कन गरी लगानी गर्ने ।

कोरोनाबाट सिर्जित लकडाउन अवधिमा ३ महिना बन्द रही सञ्चालन भएको धितोपत्र कारोबार नियमित सञ्चालन भई क्रमिक रुपले बढ्दै गएको शेयर कारोबारको सूचांक नेप्से इन्डेक्स तथा कारोबारको मात्रा उत्साह बद्र्धक बन्दै गएको देखिन्छ ।

हाल बजारमा उपलब्ध तरलता, बैंक तथा बित्तीय संस्थाहरुको सम्बधित कर्जाको लागि उपलब्ध गराउदै आएको विगतका भन्दा सस्तो ब्याजदर र अन्य आर्थिक क्रियाकलापमा भएको ह्रास र लगानी तथा खर्चमा भएको कमीले रकम, पूँजीको बचत, अर्ध स्वचालित रुपमा चलेको शेयर खरीद बिक्री कारोबार प्रणालीमा क्रमशः स्तर बृद्धि हुँदै गएको छ ।

कारोबार राफसाफ भई खरीद बिक्रीबाट प्राप्त रकम आनलाइन मार्फत नै तिर्न र प्राप्त गर्न भएको सहजता, बजारमा नयाँ थप ठूला संगठिन लगानी निकायहरु छिटै प्रवेश गर्ने लगानीकर्ताले शेयर कारोबारमा तिर्ने कमिशनको दरमा तथा कारोबारको राफसाफ दिनमा हुने टि प्लस टुले गर्दा बजारले सकारात्मक तथा उत्साह बद्र्धक गति लिने भएकाले आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक नै भएको छ । शेयर बजारले थप सकारात्मक गति लिदै जाने विश्वास गर्न सकिन्छ ।

(लेखकः पूर्व बैंकर तथा हाल धितोपत्र व्यवसायसँग सम्वद्ध हुनुहुन्छ)

comments powered by Disqus